२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट स्पेनकी राजकुमारीको मृत्यु, राष्ट्रिय शोकको घोषणा



अ+ अ-

काठमाडौं । कोरोना भाइरसबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । शुक्रबार ८६ वर्षीया राजकुमारी टेरेसा मृत्यु भएको बताइएको छ ।

राजकुमारी टेरेसाको मृत्यु भएको शाही परिवारले पुष्टि गरेको छ । उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

स्पेनमा हालसम्म ५ हजार ८ सय १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ भने ७२ हजार २ सय ४८ जनामा संक्रमण भएको पुष्टि भएको छ । शनिबार मात्रै स्पेनमा ६ सय ७४ जनाको मृत्यु भएको छ ।