काठमाडौं । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले ३० हजार बढीके ज्यान लगेको छ साढे ६ लाख बढी संक्रमित रहेका छन् ।
कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म मृतकको कूल संख्या ३० हजार ८ सय ५० रहेको छ भने संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ पुगेको छ ।
संक्रमितमध्ये २५ हजार ४ सय १२ को स्थिती नाजुक छ भने ४ लाख ६४ हजार ७ सय ५२ संक्रमितको अवस्था सामान्य छ ।
यससँगै अहिलेसम्म १ लाख ४१ हजार ९ सय ९३ संक्रमित उपचारपछि डिस्चार्ज भइसकेका छन् ।