२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मनाईयो नेपाल संवत् ११४६- फोटो फिचर 



अ+ अ-

काठमाडौँ ।  नेपाल संवत् ११४६ प्रारम्भ भएको खुसीयालीमा आज राजधानीलगायत देशभरका मुख्य सहरमा शुभकामना र्याली निकालिएको छ ।

विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा र्‍याली निकालिएको हो ।

राजधानीका विभिन्न स्थानमा आज निकालिएको र्‍यालीले सहर परिक्रमा गरिरहेको छ । र्‍यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेशभूषामा खुसी साट्दै हिँडेको देखिन्छ ।

नेपाल संवत लाई विशेष रुपमा नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर सा:ख्वाले विसं ९३७ ९इसं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरु गराउनुभएको थियो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, चौतारालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

नेवार समुदायले यही परम्परा अनुसार मङ्गलबार बही खाता बन्द गरेका काठमाडौँ उपत्यकाका आजदेखि नयाँ बही खाता खोलेका छन् । यसरी नेवार समुदायले नेपाल संवत्को नयाँ वर्ष मनाएका हुन् ।

 

 

फोटो – Robert Deutschman