काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत कान्तिपुर र भादगाउँमा उत्पत्ति भए पनि राष्ट्रकै मौलिक संवत् भएको बताउनु भएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आयोजित शंखधर साख्वा:को प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा प्रधानमन्त्री कार्कीले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो -शंखधर साख्वा काठमाडौँको मरुसत्तल इलाकाका एक कुशल व्यापारी हुनुहुन्थ्यो। तर उहाँको परिचय नाफा कमाउने व्यापारीमा मात्र सीमित थिएन, एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो।
प्रधानमन्त्री कार्कीले -भन्नुभयो आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो।










