६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग: युनाइटेडले लिभरपुललाई हरायो, टोटेनहम एस्टन भिल्लासँग स्तब्ध



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले लिभरपुललाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको हो । खेलको दोस्रो मिनेटमा नै ब्रायन एम्बेउमोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए ।

यता, ८४ औं मिनेटमा ह्यारी माग्वेरले गोल गर्दै युनाइटेडलाई जित दिलाए । लिभरपुलको यो लगातार तेस्रो हार हो । टोलि ८ खेलबाट १५ अंकका साथ तालिकाको चौंथो स्थानमा झरेको छ । युनाइटेड १३ अंकका साथ नवौं स्थानमा छ ।

यस्तै, अर्को खेलमा टोटेनहम एस्टन भिल्लासँग २–१ गोलले घरेलु मैदानमै स्तब्ध बन्यो । खेलको पाँचौं मिनेटमा नै रोड्रीगो बेन्टानकरले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा मोर्गान रोजर्सले गोल गर्दै भिल्लालाई १–१ को बराबरीमा ल्याए ।

यता, ७७ औं मिनेटमा एमि बुन्डिआले गोल गर्दै भिल्लालाई २–१ ले अघि बढाए । त्यसपछि दुबै टोलिबाट गोल हुन सकेन र भिल्लाले तीन अंक जोड्यो ।

यो नतिजापछि टोटेनहम ८ खेलबाट १४ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । भिल्ला १२ अंकका साथ ११ औं स्थानमा छ ।