काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शिर्षस्थानको आर्सनलले जित निकालेको छ ।
गएराति भएको खेलमा आर्सनलले फुलहमलाई उसकै घरेलु मैदानमा १–० गोलले हराएको हो ।
आर्सनलको जितमा खेलको ५८ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरेको गोल नै निर्णायक बन्यो ।
जितसँगै आर्सनल ८ खेलबाट १९ अंकका साथ तालिकाको शिर्षस्थानमा यथावत छ ।
फुलहम ८ अंकका साथ १४ औं स्थानमा छ ।










