२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल दोस्रो सिजन शुरु हुनुअघि जनकपुरधाममा ट्रफी परेड



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन शुरु हुनुअघि मधेसको राजधानी जनकपुरधाममा ट्रफी परेड गरिएको छ ।

सातै प्रदेशमा एनपीएलको ट्रफी परेड गराउने क्यानको कार्यक्रमअन्तर्गत जनकपुरधाममा पनि ट्रफी परेड गरिएको हो । जेन—जी आन्दोलनपूर्व कोशी प्रदेशबाट शुरु भएको क्यानको ट्रफी परेड कार्यक्रम अन्तर्गत शनिवार मधेसको राजधानी जनकपुरधाम आइपुगेको छ ।

एनपीएलको ट्रफीसहित जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चना पश्चात शुरु भएको ट्रफी परेड नगरको विभिन्न भागको परिक्रमा गर्दै बसपार्क नजिक रहेको सीताशरण होटेल पुगेर समापन भएको छ । मधेस प्रदेशमा एनपीएलको ट्रफी परेड पश्चात यो ट्रफी परेडका लागि अन्य प्रदेशहरुमा पनि पठाइनेछ ।

परेडमा जनकपुर बोल्ट्सका साथै नेपाल क्रिकेट संघ धनुषाका पदाधिकारी र स्थानीयको उल्लेख्य सहभागिता रहेको छ । जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता टोली पनि हो ।