२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो



अ+ अ-

काठमाडौं । विश्वभरी माहामारीका रुपमा फैलिएको कोरोना भइरसबाटस्पेनमा संक्रमित हुने मानिसको संख्या १ लाख नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सात हजार ७१० नयाँ संक्रमित भेटिएसंगै स्पेनमा संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६ पुगेको हो ।

मन्त्रालयको तथ्यांकअनुसार स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट आठ सय ६४ जनाले ज्यान गुमाएसँगै मृतकको कुल संख्या ९ हजार ५३ पुगेको छ ।

तर अझै महामारी नियन्त्रणमा आउने छाँट देखिएको छैन । सरकारी अधिकारीहरुले भने अहिले स्पेनको अवस्था स्थिर बनेको र छिटै कोरोना भाइरसको महामारी कम हुँदै जाने बताएका छन् ।

गत मार्चदेखि स्पेन पूर्ण रुपमा लकडाउनमा छ ।