२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्र र आसिफको अर्धशतकमा नेपालले सामोआलाई दियो २१२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि नेपालले सामोआसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ ।

नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन जोड्यो । आसिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । आसिफले ४१ बलमा ६९ रन जोडे । उनको यो टी–२० आई करिअरमै सबैभन्दा धेरै रन हो । उनले सात चौका र ४ छक्का प्रहार गरे ।

यस्तै, दिपेन्द्रले ३३ बलमा ५३ रन जोडे । उनले दुई चौका र चार छक्का प्रहार गरे । यस्तै, लोकेश बमले बिष्फोटक ब्याटिङ गरे । उनी ३९ रनमा अविजित रहे । मात्र १२ बल खेलेका उनले चार छक्का र दुई चौका प्रहार गरे । यस्तै, रोहित पौडेल २१ रनमा अविजित रहँदा कुशल भुर्तेलले १७ रनको योगदान दिए ।

बलिङतर्फ सामोआका ड्यानियल ब्रुगेश, सौमानी तिआई, दारिअस विसर र नोहा मिदले एक–एक विकेट लिए ।