३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातदोबाटोलाई शेर्पाले हरायो



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत हिमालयन शेर्पाले जित निकालेको छ ।

सोमबार दिउँसो भएको खेलमा शेर्पाले नवप्रवेशी क्लब सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

शेर्पालाई जित दिलाउन कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे । खेलको ४५ औं मिनेटमा विश्वासले पेनाल्टीमा गोल गरेका हुन् ।

सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेब गुरुङलाई फउल गरेपछि शेर्पाले पेनाल्टीको अवसर पाएको थियो । जसको मौका विश्वासले खेर जान दिएनन् । 

यस्तै खेलको इन्जुरी समयमा सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । तर, सातदोबाटोका मार्टिन सिलोले पेनाल्टीमा चुकेपछि सातदोबाटोले बराबरी गर्ने अवसर गुमायो । 
जितसँगै शेर्पाले ७ खेलमा ११ अंक जोडेको छ भने सातदोबाटोको ७ खेलमा ८ अंक छ ।

शेर्पाका गोलकर्ता विश्वास प्लेयर अफ दि म्याच घोषित भए ।