२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा थप संक्रमित भेटिए, नेपालमै सरेको पहिलो केस पाइयो



अ+ अ-

काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रका कैलाली र कञ्चनपुरमा तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यो समाचारको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको हो ।

ती संक्रमितमध्ये एक जना स्थानीय हुन् भने दुई जना बाहिरबाट आएका हुन् । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजु हुन् । उनी ३४ वर्षीया महिला हुन् ।

आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए ।

नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।

संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।

यसअघि विदेशबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमै रहेकाहरुमा संक्रमण भेटिएको भने यो पहिलो पटक हो ।

यसरी नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोना संक्रमण देखिएको छ । यसअघि विदेशबाट आएकामा मात्र संक्रमण देखिएकोमा यो पहिलो पटक नेपालीबाट नेपालीमा नै सरहेको केस भेटिएको हो ।