६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट मेडिकल कलेजमा रगत अभाव



अ+ अ-

विराटनगर। मोरङको बूढीगङ्गा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलमा केही दिनदेखि रगतको अभाव देखिएको छ । हस्पिटलमा उपचारका लागि भर्ना भएका, तत्काल रगत आवश्यक पर्ने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन् ।

दसैँपछि सबै समूहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इञ्चार्ज प्रवीण दाहालले जानकारी दिनुभयो । सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य हस्पिटलमा रगतको अभाव सिर्जना भएको उहाँको भनाइ छ ।

विराटनगरमा सुविधा सम्पन्न हस्पिटलहरू भएकाले टाढाटाढाबाट बिरामीहरू आउने हुँदा रगतको माग पनि उच्च रहेको दाहालले बताउनुभयो । माग बढ्दा केन्द्रमा रगतको अभाव सिर्जना हुने गरेको नेपाल रेडक्रस सोसाइटी मोरङले जनाएको छ ।

विराट मेडिकलमा सहज रूपमा उपलब्ध हुने पोजेटिभ समूहको रगतको समेत अभाव भएको ब्लड बैंकका इञ्चार्ज दाहालको भनाइ छ । रगतको अभाव भएपछि रगत दिनुपर्ने अवस्थाका बिरामीका आफन्तहरूले बढी हैरानी व्यहोर्नु परेको छ । हस्पिटलमा चिकित्सकले रगत चढाउनुपर्छ भनेपछि उहाँहरूसम्बन्धित समूहको रगत खोजीमा भौतारिनुपर्ने अवस्था छ भने बिरामीले समयमा रगत नपाउने अवस्था छ ।

  विराट मेडिकलमा दैनिक १०० देखि १२० पिन्ट रगतको माग हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय रक्तदान गर्नेको सङ्ख्यामा कमी हुँदा समस्या भएको ब्लड बैंकका इञ्चार्ज दाहालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय दिनमा १५ देखि २० जनाले मात्रै रक्तदान गरिरहेका छन् ।

उहाँका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने बिरामी, दीर्घरोगी र नियमित रगत आवश्यक पर्ने बिरामीलाई असर परिरहेकाले सङ्घसंस्थाले रक्तदान अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।