४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

विराट मेडिकल कलेजमा रगत अभाव

विराट मेडिकल कलेजमा रगत अभाव
फाइल फोटो
अ+ अ-

विराटनगर। मोरङको बूढीगङ्गा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलमा केही दिनदेखि रगतको अभाव देखिएको छ । हस्पिटलमा उपचारका लागि भर्ना भएका, तत्काल रगत आवश्यक पर्ने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन् ।

दसैँपछि सबै समूहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इञ्चार्ज प्रवीण दाहालले जानकारी दिनुभयो । सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य हस्पिटलमा रगतको अभाव सिर्जना भएको उहाँको भनाइ छ ।

विराटनगरमा सुविधा सम्पन्न हस्पिटलहरू भएकाले टाढाटाढाबाट बिरामीहरू आउने हुँदा रगतको माग पनि उच्च रहेको दाहालले बताउनुभयो । माग बढ्दा केन्द्रमा रगतको अभाव सिर्जना हुने गरेको नेपाल रेडक्रस सोसाइटी मोरङले जनाएको छ ।

विराट मेडिकलमा सहज रूपमा उपलब्ध हुने पोजेटिभ समूहको रगतको समेत अभाव भएको ब्लड बैंकका इञ्चार्ज दाहालको भनाइ छ । रगतको अभाव भएपछि रगत दिनुपर्ने अवस्थाका बिरामीका आफन्तहरूले बढी हैरानी व्यहोर्नु परेको छ । हस्पिटलमा चिकित्सकले रगत चढाउनुपर्छ भनेपछि उहाँहरूसम्बन्धित समूहको रगत खोजीमा भौतारिनुपर्ने अवस्था छ भने बिरामीले समयमा रगत नपाउने अवस्था छ ।

  विराट मेडिकलमा दैनिक १०० देखि १२० पिन्ट रगतको माग हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय रक्तदान गर्नेको सङ्ख्यामा कमी हुँदा समस्या भएको ब्लड बैंकका इञ्चार्ज दाहालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय दिनमा १५ देखि २० जनाले मात्रै रक्तदान गरिरहेका छन् ।

उहाँका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने बिरामी, दीर्घरोगी र नियमित रगत आवश्यक पर्ने बिरामीलाई असर परिरहेकाले सङ्घसंस्थाले रक्तदान अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।