४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

इजरायली भूमिमा विलाए विपिन

यस्तो थियो नेपालको कूटनीतिक प्रयास

इजरायली भूमिमा विलाए विपिन
अ+ अ-

काठमाडौ । सन् २०२३ को अक्टोबरमा इजरायलमा आक्रमणमा परेका नेपालको धनगढीका विद्यार्थी विपिन जोशी जिवीत नरहेको दुःखद खबर आजमात्र इजरायलले औपचारिक रुपमा गराएको छ ।

उनी जिवीतै घर फर्कने दुई बर्ष लामो ब्यग्र प्रतिक्षाको घडी आज टुटेको छ । प्यालेस्टाइनी हमास अतिवादीहरुको कब्जाबाट उनी सकुशल मुक्त भएर घर आउने घर परिवार र नेपाल सरकारको आशामा आज तुषारापात भएको छ ।

प्यालेस्टाइको मुक्ति र गाजापट्टीमा इस्लामिक राज्य निर्माणको माग राखेर विद्रोही गरिरहेको हमासको कब्जाबाट उनलाइ मुक्त गराउन सकिएको छैन । सन् २००७ देखि इजरायलसँग युद्ध लड्दै आएको सो समूहले सन् २०२३ को अक्टोबरमा इजरायलको किबजुमा आक्रमण गरी उनलाई नियन्त्रणमा लिएदेखि नै उनको अवस्थाका बारेमा खास सूचना प्राप्त गर्न सकेको थिइएन ।

इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका उनीहरू सबै गाजा क्षेत्र नजिकै पर्ने दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा बस्दै आएका थिए । हमासले अक्टोबार ७ मा आक्रमण गर्दा विपिन उनीहरुको अपहरणमा परेका थिए भने त्यसको एक दिनपछि इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो ।

मारिएका नेपालीसँगै रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो । तर उनको अवस्थाका बारेमा सो समूहले अहिले सम्म पनि कुनै औपचारिक जानकारी भने गराएको थिएन ।

इजरायल सरकारलाई सो सूचना थियो थिएन भन्ने त थाहा भएन तर पनि इजरायलले पनि नेपाललाई आधिकारिक तथा औपचारिक कुनै जानकारी गराएको थिएन । इजरायल सरकारले नेपाल सरकारलाई पनि कुनै जानकारी नभएको र उनीहरु कहाँ राखिएको छ भन्ने बारेमा पनि केही नबताइएको बताउने गरेको थियो ।

तर पछिल्ला समयमा इजरायलले भने नेपाल सरकारलाई संकेत गरिरहेको थियो । किनभने गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प नियुक्त भएपछि उसले हमासलाई आफ्ना सबै बन्धक रिहा गर्न निर्देशन दिएका थिए ।

त्यस बमोजिम केही मुक्त भए पनि । त्यसमा खासगरी इजरायलका धेरै जना मुक्त भएका थिए । त्यसबेला पनि उनीहरुसँग इजरायलको युद्धविराम भएको थियो र एक किसीमले उनीहरुले बन्दी साटासाट गरेका थिए ।

थाइ लगाएतका केही विदेशी सो समयमा रिहा हुँदा पनि विपिन जोशीको अवस्था भने उनीहरुले खुलाएका थिएनन् । त्यस बखत अधिकांश विदेशी बन्दीहरु मुक्त हुँदा नेपालका विपिनको अवस्था भने अज्ञात नै रहेको थियो ।

नेपाल असंलग्न परराष्ट्र नीति अंगालेको देश, विश्वका सबै देशसँग बराबर र राम्रो सम्बन्ध राख्ने तथा हमास या कुनै पनि समूहसँग नेपालका कुनै प्रकारको पनि सत्रुता नरहेकाले नेपाली नागरिकलाई हमासले बन्धक बनाइराख्ने कुनै कारण पनि थिएन ।

तर पनि सो समय उनी मुक्त नहुँदा नेपाललाई चिसो पसेको थियो । यस विषयमा इजरायलले नेपाललाई कुनै सूचना नदिने तर उनकी आमा र बहिनीलाई इजरायल लगेर मुक्तिका लागि आह्वान गर्न लगाउने गरेको थियो ।

त्यो पनि इजरायलको त्यति प्रभावकारी कूटनीतिक पहल नभएको टिप्पणी भइरहेकै थियो । त्यसपछि भने नेपाल सरकारले विपिन जिवीतै रहेको आशा लगभग मारिसकेको बताउने गरेको थियो ।

तत्कालीन परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले पनि यस विषयमा आफूले कतैबाट केही सूचना पाउन नसकेको र केही भन्न सक्ने अवस्था पनि नरहेको बताउने गरेकी थिइन् । यद्यपि उनी विपिन अपहरणमा परेको करिब १० महिना पछि परराष्ट्र मन्त्रीमा नियुक्त भएकि थिइन् ।

विपिन रिहाइका लागि नेपाल सरकारको पहल

सन् २०२३ को अक्टोबर ७ मा इजरायलबाट प्लालेस्टाइनी हमास अतिवादी समूहको नियन्त्रणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले पहल गरेकै थियो । तर त्यो पहल सशक्त हुन सकेन या अपहरण लगत्तै नै उनको हत्या भइसहेको थियो भन्ने कुरा अझ स्पष्ट हुन सकेको छैन ।

अध्ययनका लागि इजरायलमा रहेका अरु १० नेपाली विद्यार्थीको हत्या गरेर विपिनलाई उनीहरुले अपरहण गरी लगेको बताइएको थियो । त्यसपछि कहिले उनको हत्या भयो भन्ने नै खुल्न सकेको छैन । यो कुरा अहिलेसम्म न इजरायल सरकारले भनेको छ र नत हमास समूहले नै कुनै कुरा सार्वजनिक गरेको छ ।

अपहरणको केही समय पछि नै तत्कालीन परराष्ट्रमन्त्री एन पि साउद इजरायल पुगेका थिए । उनले त्यहाँका प्रधानमन्त्रीसँग भेटेर विपिनको सकुशल रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यसलगत्तै उनले विश्व समुदायलाई पनि यसका लागि आवश्यक पहल गरिदिन अपिल गरेका थिए । तर पनि कतैबाट कुनै रेस्पोन्स भने आउन सकेको थिएन ।

त्यसपछि परराष्ट्रमन्त्री बनेकी डा आरजु राणा देउवाले विश्व समुदाय मार्फत् धेरै पटक अपिल गर्ने तथा भेटघाटमा सो माग राखेकि थिइन् । विपिन अपहरणमा परेको करिब १० महिनामा अर्थात् सन् २०२४ को जुलाई १५ मा डा राणा परराष्ट्रमन्त्री बनेकी हुन् । त्यस लगत्तै धनगढीका विपिनको अवस्थाको खोजी थालेकी उनले संयुक्त राष्ट्रसंघ सहित अन्तर्राष्ट्रिय समुदाय तथा हमासको सम्पर्कमा रहेका राष्ट्र, तिनका विदेशमन्त्री एवं नेपालस्थित प्रायः सबै देशका राजदूतहरुसँग विपिन रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।

गत बर्ष संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा अमेरिका गएका बेला त्यहाँ भएका विभिन्न साइडलाइन द्विपक्षीय एवं बहुपक्षीय भेटवार्तामा उनको रिहाइका लागि पहल गरिदिन मन्त्री डा राणाले आग्रह गरेकी थिइन् ।

उनले इजरायल र हमासबीच युद्धविरामका लागि काम गरिरहेका देशका मन्त्रीहरु जस्तै कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग सो आग्रह गरिन् । खुलाइफी शान्ति वार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता थिए ।

त्यसैगरी उनले इजरायल, इजिप्ट, इरान, संयुक्त अरब इमिरेट्स लगायतका देशका विदेशमन्त्रीहरु, हमाससँग नजिक रहेका भनिएका कतिपय इस्लामिक देशका अधिकारीहरु आदिसँग पनि विपिनको रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गर्दै आएकि थिइन् ।

तर ती समग्र प्रयासहरु सार्थक बन्न सकेनन् । सरकारले कूटनीतिक पहल त गर्यो तर त्यो पहल गरिरहँदा विपिन जिवीत थिए कि थिएनन् भन्ने तथ्य पनि खुल्न सकेन ।

अहिले सम्म पनि हमास समूहले यो सूचना दिएको छैन । नत इजरायल सरकारले नै नेपाललाई सो सूचना उपलब्ध गराउन सक्यो । तर घटना दुःखद भयो । इजरायलको भूमिमै विलाए विपिन । जसले नेपाल र नेपालीको मन खिन्न बनाएको छ ।