४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

पूर्व एआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी

पूर्व एआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी)देवेन्द्र सुवेदी विरुद्ध साइबर अपराधको आरोपमा उजुरी दर्ता गरिएको छ ।

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले दिएको जानकारीअनुसार सुवेदीले सामाजिक सञ्जालमार्फत तथ्यहीन र भ्रमपूर्ण प्रचार गरिरहेका थिए ।

उनले प्रचण्डको निवासमा आगलागी हुनुअघि दुई दिनमै दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको भनी गलत जानकारी प्रवाह गरेको आरोप लगाइएको छ ।

सचिवालयका अनुसार, सुवेदीले यस्ता आधारहीन सामग्री सार्वजनिक गरी पार्टी नेतृत्वको चरित्रहत्या र जनमानसमा भ्रम फैलाउने गतिविधि सञ्चालन गरेका छन् । यस्तो कार्यले गम्भीर साइबर अपराधको स्वरूप लिएको भन्दै प्रचण्ड सचिवालयको तर्फबाट नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमा हिजो औपचारिक उजुरी दर्ता गरिएको हो ।

उजुरीमा डिजिटल माध्यम प्रयोग गरी गरिएको गलत प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको सचिवालयले जनाएको छ ।