२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री बन्ने चर्चामा रहेकी टासी विवादमा तानिइन्



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् तेस्रोपटक विस्तार हुने तयारी भइरहँदा मन्त्री बन्ने सम्भावित नामको सूचीमा परेकी टासी ल्हाजोम विवादमा तानिएकी छन् ।

सरकारले सोमबारभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । उक्त सूचीमा टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीका रूपमा प्रस्ताव गरिएको बताइएको छ ।

तर, उनको नाम सार्वजनिक हुनासाथ जेनजी समुदायभित्रै असन्तुष्टि देखिएको छ । जेनजीहरूकै तर्फबाट कर्णाली संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गर्दै टासीको नागरिकता विषयमा विवाद रहेको र उनी जेनजी आन्दोलनमा कुनै भूमिकामा नदेखिएको आरोप लगाएकी छन् ।

शाहीले विज्ञप्तिमा लेखेकी छन्, “टासी ल्हाजोमको नेपाली नागरिकता स्वतः स्पष्ट छैन । उनले जेनजी आन्दोलनमा प्रत्यक्ष संलग्नता नदेखाएकी हुँदा कर्णालीको प्रतिनिधित्वका नाममा मन्त्री बनाउनु अस्वीकार्य छ।”

जेनजी समुदायले टासीको “फ्री तिब्बत” अभियानमा संलग्नता रहेको आशंका व्यक्त गर्दै त्यसबारे छानबिन गर्न पनि माग गरेको छ । विज्ञप्तिमा कर्णाली प्रदेशको प्रतिनिधित्वबारे निर्णय गर्दा स्थानीय जेनजीहरूसँग छलफल र परामर्श आवश्यक रहेको उल्लेख छ ।

जेनजीहरूले यसअघि नै कर्णालीबाट सम्भावित मन्त्रीका विषयमा आन्तरिक छलफल गरेका थिए । ती छलफलमा टासीको नाम प्रस्ताव नभएको उनीहरूले जनाएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार टासीबारे उत्पन्न विवादपछि प्रधानमन्त्री कार्कीले थप छलफल गरेर मात्र अन्तिम निर्णय गर्ने बताएकी छन् ।

यसैबीच, पूर्वसांसद ज्ञानेन्द्र शाहीले पनि टासी ल्हाजोमको नागरिकता प्रश्न उठाउँदै उनलाई “अमेरिकी दूतावासको समर्थनमा मन्त्री बनाउन खोजिएको” आरोप लगाएका छन् ।