१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

विपी महामानव होइनन्, राजनेता हुन्ः केशरबहादुर विष्ट

विपी महामानव होइनन्, राजनेता हुन्ः केशरबहादुर विष्ट
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले विश्वेश्वरप्रसाद कोईरालालाई महामानव भन्न नहुने बताउनुभएको छ ।

विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपी महामानव नभइ राजनेता भएको तर्क गर्नुभयो । उहाँले महामानव राजनीतिबाट बाहिर रहेको र गल्ती नगर्नेलाई भन्ने गरिने पनि उल्लेख गर्नुभयो । विपी गल्ती र राजनीति नगर्ने मान्छे नभएको बताउनु भयो । विपीले समयानुसार मुलुकको माटो, गहिराईलाई बुझेर अघि बढाउनुभएको र अहिलेसम्म पनि विपी जत्तिको नेपाललाई बुझ्ने मान्छे राजनीतिमा अर्को नदेखेको बताउनु भयो । मनमोहन अधिकारी पनि विपीको नजिकसम्म पुगेको व्यक्ति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विपी महामानव थिएनन् । हामीले बेला बेलामा गलत बुझ्छौँ । विपीलाई महामानव भन्नु हुँदैन । विपी राजनेता हुनुहुन्थ्यो । विपीको राजनेतापन नेपालको लागि इज्जत र सौभाग्यको कुरा हो । हामीले त्यसरी बुझ्दा बढी राम्रो हुन्छ । महामानव भनेको गल्ती नगर्ने मान्छे हुन्छ, राजनीति नगर्ने मान्छे हुन्छ । विपी गल्ती नगर्ने मान्छे पनि होइन, विपी राजनीति नगर्ने मान्छे पनि होइन । विपी राजनेता हुनुहुन्थ्यो । समयानुसार यो मुलुकको माटो, गहिराईलाई बुझेर त्यसलाई लिएर जाने क्रममा त्यति जानेको बुझेको मान्छे आजसम्म नेपालको राजनीतिमा अर्को भएन । केही नजिक नजिक मनमोहन अधिकारी पनि हुनुभयो । नेपालको राजनीतिमा त्यो तहको राजनेता छैन ।’

उहाँले माओवादीसहितका राजनीतिक दलहरुले व्यवस्था बदल्नको लागि प्रयोग गरेको बाटो राष्ट्रघाती रहेको बताउनु भयो ।