३१ श्रावण २०८३, आईतवार
,
Latest
मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो नगरौँः प्रकाशचन्द्र लोहनी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो गर्न नहुने बताउनुभएको छ ।

विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताले दिएको राजनीतिक पुँजी, वैधताको सही सदुपयोग गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले जेन जीको आन्दोलनबाट निस्किएको उर्जालाई सकारात्मक रुपमा अघि बढाउन नसके नेपाल विदेशीको क्रिडास्थल हुने खतरा रहेको बताउनु भयो । अहिले यो पार्टी र उ पार्टी भन्ने र एकले अर्कोलाई आरोप लगाउने समय नभएकाले सबै मिलेर राष्ट्रिय सहमति गर्नुपर्ने बताउनु भयो । नेपालमा भएका सबै शक्तिहरुले एकअर्कालाई जोड्ने शक्तिको पहिचान गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब विकासको शुरुवात भयो, राजनीतिक अस्थिरताको अन्त्य भयो भनेर भन्नेहरु अहिले कहाँ छन् । यो स्थिति त आयो देशमा । ०८४ को मिसन मात्रै होइन, जनता त २०८२ लाई पनि कुर्न तयार भएनन् । तिमीहरुले जे भनेका थियौ, त्यसको बेइमानी ग¥यौ । जनताले तिमीहरुलाई जुन राजनीतिक पुँजी, वैधता दिएका थिए त्यो शक्तिको सदुपयोग हुन सकेन । दुरुपयोग भयो । तिमीहरुलाई नियन्त्रण गर्ने कुनै निकाय भएन, अब तिमीहरुले गरेको अत्याचार सहन तयार छैनौँ भनेर जेन जीको आन्दोलन आयो । जेन जीको आन्दोलन नआएको भए अरु कसैको आन्दोलन आउँथ्यो । यसबाट निस्किएको उर्जालाई सकारात्मक रुपमा लैजाने की नेपाललाई विदेशीको क्रिडास्थल बनाउने ? यस्तो समस्या देशमा आएपछि विदेशीहरुले आफ्नो चलखेल शुरु गर्दछन् । म यो पार्टी, उ पार्टीको भन्ने बेला छैन अहिले । न त तैँले मेरो लागि के गरिस् र कति दुःख दिस् भन्ने बेला छैन । विपीले भन्नुभएको जस्तै सहमति र समझदारीमा देशलाई लैजानुपर्छ । नेपालमा भएका सबै शक्तिहरुले हामीलाई जोड्ने केले हो भन्नेकुरा खोज्नुपर्छ ।’

नेता लोहनीले पार्टी भन्दा देश ठूलो भन्ने सोचेर सबैले कम्परमाइज गरेर नयाँ सहमतिबाट अघि बढ्नुपर्ने बताउनु भयो । नेपाललाई जोड्ने शक्ति राजनीतिक दलहरु र संवैधानिक राजसंस्था रहेको बताउनु भयो ।




भर्खरै