३ भाद्र २०८३, बुधबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज



अ+ अ-

काठमाडौँ । मलेसियालाई घरेलु मैदानमा स्तब्ध पार्दै नेपालले पाँच खेलको टी–२० सिरिजको उपाधि जितेको छ ।

फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा भेट्टाएको हो । योसँगै फाइनलमा पाँच विकेटले हराउँदै नेपालले सिरिज ३–२ ले आफ्नो पोल्टामा पार्यो ।

नेपालको जितमा पूजा महतो र रुबि पोदारले उत्कृष्ट ब्याटिङ गरे । महतोले २३ रन बनाइन् भने पोदारले २६ रन बनाइन् । यस्तै, सम्झना कुमारी खड्काले १० रन जोडिन् । कविता कुँवरले १४ रन बनाउँदा कप्तान इन्दु बर्माले ८ रन जोडिन् ।

घरेलु मैदान वायुमास ओभलमा बुधबार बिहान टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १०३ रन बनायो । उसका लागि विन्डर डानियाले ४० रन बनाउँदा माहिरा इज्जाइले १९ रन बनाइन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि राजमती ऐरीले तीन विकेट हात पारिन् भने कविता कुँवरले दुई विकेट लिइन् । नेपालका लागि अर्को एक विकेट रचनाकुमारी चौधरीले हात पारिन् ।