२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी



अ+ अ-

काठमाडौं । महिला टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ ।

मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन् । त्यस्तै रुबिना क्षेत्रिले २३ बलमा २३ रन बनाइन् ।

मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् । माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन् ।

नेपालकी कविता कुँवरले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक एक विकेट लिए । शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।