२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो अभ्यास खेलमा नेपाल कतारसँग १६ रनले विजयी



अ+ अ-

काठमाडौं। नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ।

सोमबार नेपालले कतारलाई १६ रनले पराजित गर्‍यो।  नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो ।

कतारका मुहम्मद तनविरले सर्वाधिक ५१ रन बनाए। ३७ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे। मोहम्मद ब्रइगले ४० र मुहम्मद असीमले ३० रनको योगदान दिए।

नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिए। नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीको नाममा समान एक विकेट रह्यो।

त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सात विकेट गुमाउँदै १७० रन बनाएको थियो।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए। ३३ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। कुशल मल्ल र दीपेन्द्रले समान ३८ रन बनाए।

कतारका मुनिर साद र इक्रमुल्लाह खानले २-२ विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रेहमानले १-१ विकेट लिए ।