८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

वर्षा रोकिए पनि सडक क्षति र पहिरोको जोखिम अझै कायमः जलवायु तथा विपद् विज्ञ डा. उप्रेती

वर्षा रोकिए पनि सडक क्षति र पहिरोको जोखिम अझै कायमः जलवायु तथा विपद् विज्ञ डा. उप्रेती
अ+ अ-

काठमाडौं । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुन अन्त्यतिर पुगेको बताउनुभएको छ ।

उहाँले वर्षा नरोकिएर घाम लागेपनि सडक क्षति र पहिरो जोखिम भने अझै कायम रहेको बताउनुभयो । उहाँले मनसुन बाहिरिने बेलामा पूर्वी नेपालमा भएको असामान्य भारी वर्षाले सडक र नदी प्रणालीमा व्यापक क्षति पु¥याएको उल्लेख गर्नुभयो । पछिल्ला वर्षातका कारण धेरै सडक भत्किएको, कतिपय राजमार्गमा चिरा परेकोले पहिरोको जोखिम अझै कायम रहेको उहाँको भनाई छ । घाम लागेपछि माटो सुक्दै जाँदा चिरा बढ्ने र सडक भासिने सम्भावना भएकोले राजमार्गहरूमा अझै सर्तकता आवश्यक रहेको उहाँले बताउनु भयो ।

उहाँकाअनुसार काठमाडौं उपत्यकाका लगायत आसपासका क्षेत्रमा पानी पर्न रोकिएकोले नदीहरूको सतहमा तत्काल बाढीको खतरा भने घट्दै गएको छ । पूर्वी क्षेत्रमा सक्रिय रहेको मौसमी प्रणाली क्रमशः बाहिरिन लागेको र त्यसको असर आईतवार साँझसम्म घट्ने उहाँले जानकारी दिनुभयो । पश्चिम नेपालमा यस वर्षाको उल्लेख्य प्रभाव नपरेको र आगामी सोमवार र मंगलवार सुदूरपश्चिममा सामान्य प्रभाव मात्र देखिने सम्भावना रहेको पनि उहाँले बताउनु भयो । मनसुन बाहिरिएपनि पश्चिमी वायुको प्रभाव भने देखिन सक्ने सम्भावना भएको उहाँको भनाई छ । बुधवारदेखि सबै क्षेत्रमा मनसुन विस्तारै बाहिरिने भएकोले किसानले धान भित्र्याउन सक्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको जुन यो वर्ष भयो । मनसुन बाहिरिने बेलाको भारी वर्षा, पूर्वी नेपालमा । त्यो वर्षाले धेरै सडकमा क्षति गरेको छ । धेरै नदीसिस्टममा बाढीको खतरा तह पार गरेको अवस्था थियो । यदपी अहिले जहाँबाट यो वर्षा एक्टिभ थियो, काठमाडौ उपत्यकाका लगायत वरिपरिका क्षेत्रमा बर्षा चाहीँ कम भएको अवस्था छ । कम हुँदै गर्दाखेरी र काठमाडौबाट, धेरै ठाँउबाट बाहिरिसकेको हुनाले विस्तारै नदीको सतह घट्दै गएको अवस्था छ । तर यसको प्रभाव चाँही कतिपय कुरामा पहिरोको प्रभाव चाँही जव पानी परिसकेपछि घाम लागेपछि पनि पहिरोको प्रभाव देखिने हुनाले राजमार्गहरुमा अझैपनि जोखिम छ । राजमार्गको जोखिम र कतिपय ठाउँमा चाँही सडक भत्केको, सडकमा चिरा परेको हुन्छ, त्यो चिराबाट नै थाहा नपाईने गरि यदी बसको ठुलो लोड त्यसमा गयो भने त्यो पनि जोखिम कायमै हुने हुनाले सडक क्षेत्रमा चाँही यसको जोखिम अझै पनि कायम छ ।’

‘विशेषतः पहिरोको जोखिम र पाहिरोको जुन क्रयाक जुन भएको हुन्छ, त्यसको जोखिम । सडक धेरै ठाउँमा भत्केको अवस्था छ, त्यसलाई पनि रिकभर नहुञ्जेलसम्मको लागी त्यहाँ पनि जोखिमहरु हुनसक्छ । यो जोखिमलाई मध्येनजर गर्दै चाहीँ हामीले सवारी साधनहरुलाई चलाउनुपर्ने एउटा चुनौती छ भने हवाई उडानको सन्र्दभमा आज(आईतबारदेखी) हवाई उडान सुचारु हुने देखिन्छ । मौसमी सिष्टम विस्तारै पूर्वतिर लागेर आईतवार साँझबाट बाहिरिने हुनाले पश्चिम नेपालमा यसको खासै प्रभाव चाँही परेन र  आईतबार पर्ने अवस्था पनि छैन । यद्यपी केही नयाँ सिष्टम पश्चिमी वायु प्रणालीले सुदूरपश्चिममा सोमवार र मंगलवार सामान्य प्रभाव देखिन सक्छ । तर ठूलो प्रभाव देखिने अवस्था छैन ।’  

उहाँले मौसमसम्बन्धी पूर्वसूचना महत्वपूर्ण रहेको बताउनु भयो । जल तथा मौसम विभागले समयमा नै जारी गरेको मौसम पूर्वानुमान र चेतावनीका कारण ठूलो धनजन क्षति हुनबाट जोगिएको उहाँको भनाई छ । आगामी दिनमा पूर्वसूचना प्रणालीलाई व्यवस्थित र विकास गरि सबै क्षेत्रमा यसको प्रभाव पुग्ने गरि काम गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । व्यवस्थित र प्रविधिमैत्री पूर्वसूचना प्रणाली विकास गर्न सरकारले थप लगानी गर्न जरुरी रहेको उहाँको भनाई छ । उहाँका अनुसार बदलिँदो जलवायु र प्रविधिको युगमा एआई (कृत्रिम बुद्धिमत्ता) जस्ता प्रविधिको उपयोग गरेर पूर्वसूचना प्रणालीलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता देखिएको छ । मौसमसम्बन्धी सूचना संवेदनशील विषय भएकोले  यसमा दीर्घकालीन लगानी गर्न सरकार गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।