२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी, पहिरो र डुबानबाट अवरुद्ध सडक छिटै सुचारु हुन्छः मन्त्री घिसिङ



अ+ अ-

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशभरका अवरुद्ध सडक छिटो भन्दा छिटो सुचारु गराउने बताउनुभएको छ ।

बाढी, पहिरो र डुबानका कारण अवरुद्ध हुन पुगेका सबै सडकहरु तत्काल सुचारु गराउने गरी कामलाई अघि बढाइएको पनि उहाँले स्पष्ट पार्नुभयो । आईतवार सिंहदरवारमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिबारे पत्रकार सम्मलेन गरी जानकारी दिने क्रममा मन्त्री घिसिङले सडक सञ्जाल अवरुद्ध हुँदा समस्या परेमा वैकल्पिक सडकहरुको प्रयोग गर्न पनि यातायात व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उहाँले अवरुद्ध सडकहरु खुलाउनका लागि सबै खालको शक्ति परिचालन गरिएको पनि बताउनु भयो ।

मन्त्री घिसिङले भन्नुभयो,‘हामी तत्काल अवरुड सडक खोल्नेतिर अगाडि बढछौं । अब मौसम पनि नेपालबाट बाहिरिदैछ । भोलीसम्ममा मौसम पनि क्लिएर हुन्छ भन्ने छ । अब हामी विस्तारै सडकहरु खोल्नेतिर हामी लाग्छौं । पूर्वको सडकहरुमा बढी क्षति भएको छ। विशेष गरेर यो नेपालथोकको सडकलाई पनि हामी तत्कालनै शुरु गरिसकेका छौं विहानदेखि नै । अवरुद्ध ती सडकहरु ३—४ दिन अघि नै खोल्ने गरी इक्वीपमेन्टहरु मोविलाईज गर्ने र बैकल्पिक बाटोहरुलाई पनि सञ्चालन गर्ने गरी काम अघि बढाएका छौँ । बैकल्पिक बाटोहरु प्रयोग गर्न पनि म अनुरोध गर्दछु केही समयलाई । र यो सडक सञ्जालहरुमा भएको जति पनि क्षतिहरु छन् । त्यसलाई हामी छिटो भन्दा छिटो अगाडि बढाउँछौं । र, बेलीब्रिजहरु केही क्षति भएको छ। त्यसका लागि बेलिब्रिज हामी तत्काल नै जडान गर्नेतिर काम अगाढि बढाउँछौं । र देशभरकै सडकलाई छिटो भन्दा छिटो सुचारु गराउने गरी अगाडि बढछौं ।’

मन्त्री घिसिङले सरकारले क्षति भएका व्रिज तथा बेलिब्रिजहरुको जडान कार्यलाई पनि अघि बढाईसकेको बताउनु भयो ।