२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेची राजमार्गका ठाउँठाउँमा पहिरो, पुलसमेत बगे



अ+ अ-

पाँचथर । अविरल वर्षाका कारण पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ । मेची राजमार्गसहित विभिन्न राजमार्गमा पहिरो गएको छ ।
मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै २० भन्दा धेरै ठाउँमा पहिरो गएको छ ।

राजमार्गअन्तगर्त पाँचथर खण्डमा पर्ने फाल्गुनन्द ३ रमाइलो चोक,चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालिखर्कमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यसैगरी इलाम खण्डको माइखोला, राजदुवाली र बिव्ल्याटे खण्डमा पनि विभिन्न ठाउँमा पहिरो गएका कारण सडक अबरुद्ध छ ।

माइ खोलामा आएको बाढीले इलामस्थित माइखोलाको बेलिब्रिजमा क्षति पुग्नका मेची राजमार्गको विकल्पका रुपमा उपभोग गरिँदै आएको कञ्चनजंघा केचना सडकको पक्की पुलमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

यस्तै इलाम र पाँचथरका भित्रि सडकका विभिन्न ठाउँमा पहिरो गएको छ ।

केही पक्की पुल र झोलुङ्गे पुलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

यता तमोर करिडोर पनि बाढी र पहिरोका कारण अवरुद्व भएको छ । झरीसँगै खोलामा पानीको वहाव वढ्दा यस करिडोरको नावा खोलामा यातायात अवरुद्व छ । सोही सडकको उक्त सडकका समेत विभिन्न स्थानमा पहिरो झरेको छ । यस्तै मध्य पहाडी राजमार्ग अन्तरगत पाँचथरको याङवरक ३ मा पर्ने रिजाल भिरमा पनि पहिरो गएर सडक अवरुद्व भएको प्रहरीले जनाएको छ ।