४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

मेची राजमार्गका ठाउँठाउँमा पहिरो, पुलसमेत बगे

मेची राजमार्गका ठाउँठाउँमा पहिरो, पुलसमेत बगे
अ+ अ-

पाँचथर । अविरल वर्षाका कारण पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ । मेची राजमार्गसहित विभिन्न राजमार्गमा पहिरो गएको छ ।
मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै २० भन्दा धेरै ठाउँमा पहिरो गएको छ ।

राजमार्गअन्तगर्त पाँचथर खण्डमा पर्ने फाल्गुनन्द ३ रमाइलो चोक,चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालिखर्कमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यसैगरी इलाम खण्डको माइखोला, राजदुवाली र बिव्ल्याटे खण्डमा पनि विभिन्न ठाउँमा पहिरो गएका कारण सडक अबरुद्ध छ ।

माइ खोलामा आएको बाढीले इलामस्थित माइखोलाको बेलिब्रिजमा क्षति पुग्नका मेची राजमार्गको विकल्पका रुपमा उपभोग गरिँदै आएको कञ्चनजंघा केचना सडकको पक्की पुलमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

यस्तै इलाम र पाँचथरका भित्रि सडकका विभिन्न ठाउँमा पहिरो गएको छ ।

केही पक्की पुल र झोलुङ्गे पुलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

यता तमोर करिडोर पनि बाढी र पहिरोका कारण अवरुद्व भएको छ । झरीसँगै खोलामा पानीको वहाव वढ्दा यस करिडोरको नावा खोलामा यातायात अवरुद्व छ । सोही सडकको उक्त सडकका समेत विभिन्न स्थानमा पहिरो झरेको छ । यस्तै मध्य पहाडी राजमार्ग अन्तरगत पाँचथरको याङवरक ३ मा पर्ने रिजाल भिरमा पनि पहिरो गएर सडक अवरुद्व भएको प्रहरीले जनाएको छ ।