२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल विजयी बनेको छ । गएराति भएको खेलमा आर्सनलले वेस्टहाम युनाइटेडलाई २–० गोलले हराएको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन ३८ औं मिनेटमा डेक्लान राइसले र ६७ औं मिनेटमा (पेनाल्टीमार्फत) बुकायो साकाले गोल गरे ।

जितसँगै आर्सनल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको ७ खेलबाट १६ अंक रहेको छ । यता, लगातार दुई खेलमा हार ब्यहोरेपछि लिभरपुल १५ अंकसहित दोस्रो स्थानमा झरेको छ । वेस्टहाम भने ४ अंकका साथ १९ औं स्थानमा छ ।