१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

अहिलेको सरकारले विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नुपर्नेछः कुलमान घिसिङ

अहिलेको सरकारले विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नुपर्नेछः कुलमान घिसिङ
अ अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन दिनसम्म अत्याधिक वर्षा हुनसक्ने पूर्वानुमान रहेको भन्दै शतर्कताका साथ यात्रा गर्न आग्रह गर्नुभएको छ ।

विपी राजमार्गको अवलोकन एवं निरीक्षण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री घिसिङले बुधवार विपी राजमार्गको अवलोकन एवं निरीक्षण गर्नुभएको थियो । जसमा गत वर्षको बाढी र पहिरोले धेरै क्षति पु¥याएको र अहिलेसम्म पनि पुल र सडक नबनेकाले अब नयाँ अध्ययन गरेर काम अघि बढाइने र छिटो काम सम्पन्न गर्नेगरी अघि बढ्ने बताउनु भयो । अब आउने हिउँददेखि विपी राजमार्गको सडक बनाउन शुरु गरिने बताउनु भयो । सरकार अफ्ठ्यारो स्थिति रहेको भन्दै विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नु सरकारको चुनौति रहेको बताउनु भयो ।

उहाँले अहिलेको सरकारले विकास निर्माणको कामसँगै राजनीतिक स्थिरता दिने बताउनु भयो । आफूहरुले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले छोटो समयमा धेरै विकास निर्माणका काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

मन्त्री घिसिङले भन्नुभयो, ‘विपी राजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा धेरै ठूलो पानी पर्ने भन्ने पूर्वानुमान छ, त्यसले सबैले यात्रालाई सुरक्षित हिसावले शतर्कतासाथ गर्नुहोला । नेपाल सरकारले गर्नुपर्ने काम टेण्डर भइसकेको छ । अब आउने हिउँददेखि विपी राजमार्गको सडक बनाउन छिटो भन्दा छिटो गरेर पहिलाकै अवस्थामा ल्याउन पहल गर्नेछौँ । पक्की पुलहरु पनि गत सालको बाढीले बगाएको अवस्था छ । कसरी त्यसको विकल्प दिने र पक्की पुल कसरी बनाउने र कहाँ बनाउने भन्ने निरीक्षणमा हामी छौँ । रोशी खोलाको बेलिब्रिज भत्किएको अवस्था रहेछ, कसरी त्यसलाई सुचारु गर्ने भन्नेमा सोचिरहेका छौँ । धेरै जाम नहोस् भनेर निरीक्षणका लागि आएका हौँ । विपी हाइवे र मध्यपहाडी हाइवेमा जोड्ने पुलहरुको अवस्था खैरहनी घाटको पुल गत सालको बाढीले बगाएको थियो । त्यसलाई बेलिब्रिज कसरी तत्काल बनाउने भनेर अध्ययन गरेर अघि बढाउँछाँै ।’

मन्त्री घिसिङले अब देशभरकै लामो समयसम्म सम्पन्न नभएका सडक, पुलका ठेक्का तोडेर नयाँ ठेक्क लगाइने बताउनु भयो । उहाँले मरिन डाइभर्सनको बारेमा धेरै छलफल भएको र कन्ट्याक्टरसँग धेरै चरणको छलफल भएको र कसरी सम्पन्न गर्न सकिन्छ भनेर निश्चित समयावधिअनुसार योजना बनाएर ल्याउन आग्रह गरेको बताउनु भयो ।