काठमाडौँ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रा.लि.का अध्यक्ष एनकुमार साईले जेन—जी आन्दोलनको असर पर्यटन क्षेत्रमा देखिएको बताउनुभएको छ ।
आन्तरिक पर्यटकहरु पनि जेन जी आन्दोलनको त्रासका कारण बाहिर ननिस्कएको उहाँको भनाइ छ । वाह्य पर्यटकरु नेपालको अहिलेको परिस्थिति हेरेर र आगामी दिनमा के हुन्छ भन्ने पूर्वानुमान गर्न नसकेर धेरै नआएको बताउनु भयो । पर्यटन क्षेत्र जेन जी आन्दोलनसँगै सुस्ताएको उहाँको भनाइ छ । उहाँकाअनुसार आन्दोलनअघि पृथ्वी राजमार्ग हुँदै दैनिक यात्रा गर्ने पर्यटकहरु सय भन्दा बढी हुने गरेपनि अहिले त्यो संख्या नहुँदा पर्यटक बोक्ने बसहरुले काम पाएका छैनन् ।
तिहारपछि अझै ठूलो आन्दोलन हुने डरले मानिसहरु बाहिर ननिस्किएको बताउनु भयो । उहाँले यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउनुपर्ने कुरामा यातायात व्यवसायीहरु सचेत रहेको बताउनु भयो । चर्को भाडा नलिने र ओभरलोड नहुने कुराको ग्यारेन्टीसहित पृथ्वी राजमार्गमा सवारीसाधन चलाइरहेको बताउनु भयो । उहाँले काउण्टरमा गएर मात्रै टिकट काटिदिन यात्रुहरुसँग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीसँग हुने भनेको आन्तरिक पर्यटन मात्रै हो । वाह्य पर्यटकको तथ्यांक पर्यटन बोर्डले नै राख्छ । हामी कहाँ आउने कुरामा धेरै पर्यटकहरु आन्तरिक पर्यटक आइरहँदा दिनमा लगभग हाम्रा गाडीहरुले नेपालभरबाट सय जना जति पर्यटकहरु भित्र्याउँछन् । जेन जीको आन्दोलनपछि भन्दा यसलाई न्युन भएको अवस्था छ । देशको स्थिति छ, के हुन्छ भन्नेकुरा थाहा छैन । तिहारपछि ठूलै आन्दोलन हुन्छ भन्ने समाचारले गर्दा मान्छेहरु बाहिरबाट आउन रोकिएका छन् । बाटोहरुमा प्रहरीहरु देखिएका छैनन् । आन्दोलनका कारण उनीहरु तहसनहस भएका छन् । पहिलाको जस्तै ठाउँमा सुरक्षा छैन ।’
अध्यक्ष साईले यात्रुहरुसँग विगतकै भाडादरमा भाडा लिइरहेको बताउनु भयो । यात्रुहरुसँग तोकिएको भाडादर भन्दा बढी लिएको पाइए कारबाही गर्ने चेतावनी दिनुभयो ।










