१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना र सेक्सः के गर्ने, के नगर्ने ?



अ+ अ-

काठमाडौं । संसारभरि नै सामाजिकरुपमा मेलजोल बन्द गर्ने तथा आइसोलेसनमा बस्ने कुरा भइरहेको बेला एउटा प्रश्न उब्जिन सक्छ– त्यसो भए यस्तो अवस्थामा सेक्सबारे कसरी धारणा बनाउने त ?

कतिपय मानिसले कोरोना महामारीको यौन सम्बन्धमा के असर पर्छ भनेर सोध्न सक्छन् । वैज्ञानिहरुका अनुसार, अहिलेसम्म यौनसम्पर्कका कारण कोरोना भाइरसको संक्रमण हुने कुनै पनि तथ्य फेला परेको छैन । तर श्वासप्रश्वासमा लिन अप्ठ्यारो हुने, श्वाससँग सम्बन्धित सक्रमण या कुनै संक्रमित व्यक्तिको निकट सम्पर्कबाट कोरोना सर्ने कुरा सबैले बुझेका छन् ।

एंगलिया विश्वविद्यालयको मेडिसिन विभागका विशषज्ञ प्रोफसर पल हन्टरले यौन सम्बन्धबारे ब्रिटिश सरकारका तर्फबाट जारी गरिएको निर्देशिकाका बारे प्रकाश पार्दै यसबारे थप खुलासा गरेका छन् ।

“यदि तपाई या तपाईको पार्टनरमा कोरोना भाइरसको संक्रमणको कुनै लक्षण छैन भने सेक्सबाट जोगिने कुनै कारण हुँदैन । तर तपाईको स्वास्थ्य अवस्था राम्रो छैन या तपाईमध्ये कुनै एकजना जोखिममा हुनुहुन्छ भने पार्टनर या अरु कोहीसँग पनि निकट सम्बन्ध नराख्नु नै हितकर हुन्छ ।” उनी भन्छन् ।

तर प्रोफेसर हन्टर र अरु विशेषज्ञ तत्कालको अवस्थामा भने घरमा रहेका आफ्नो नियमित यौन पार्टनरबाहेक अरुसँग सम्बन्ध बनाउन भने जोगिनुपर्ने कुरामा जोड दिन्छन् । न्यूयोर्कस्थित पब्लिप हेल्थ डिपार्टमेन्टका अधिकारीहरुले यौन गतिविधिहरुलाई लिएर नयाँ निर्देशिका जारी गरेको छ । यो निर्देशिकामा स्पष्टसँग सुरक्षित र असुरक्षित सेक्सका बारेमा बताईको छ ।

यसमा भनिएको छ– हामी सबैलाई अरु व्यक्तिसँग अनावश्यक सम्पर्क बनाउने कुराबाट जोगिनुपर्छ । चुम्बनबाट समेत कोरोना भाइरस सजिलै सर्न सक्छ । त्यसैले यदि तपाई एकल हुनुहुन्छ भने केही समयका लागि डेटिङ गर्नबाट जोगिनुस् । तर तपाई सुरक्षित दूरी राखेर यस्तो गर्न चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ । बिबिसी