८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाको उपस्थितिमा असोज २६ गते कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बोलाएको छ। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित हुनु हुने जनाइएको छ ।

गएको भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा कुटपीटमा परेका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा‍. आरजु राणा देउवा अझै अस्पतालमा उपचाररत हुनुहुन्छ ।

बुढानीलकण्ठस्थित उहाँहरुकाे निजी निवास नै कब्जामा लिएर आन्दोलनकारीले आक्रमण गरी कुटपिट गरेका थिए भने घरमा आगजनी गरेर ध्वस्त बनाएका थिए ।

बैठक असोज २६ गते आइतबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो ।