२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल

कोरला नाकालाई त्रिदेशीय व्यापारको केन्द्रका रुपमा विकास गर्नुपर्छ: अध्यक्ष ढकाल

कोरला नाकालाई त्रिदेशीय व्यापारको केन्द्रका रुपमा विकास गर्नुपर्छ: अध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौं । मुस्ताङ जिल्लामा आयोजित उद्योगी व्यवसायीहरुको भेलाले राजु प्रसाद लालचनको अध्यक्षतामा मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति पनि गठन गरेको छ ।

समितिको सचिवमा तिलक वि.क.,कोषाध्यक्षमा विष्णु शेरचन सदस्यहरुमा गणेश शेरचन, योगेश शेरचन,विनोद विसी र निशान तुलाचन रहनु भएको छ । यस्तै भेलाले जिल्ला अन्तरर्गतका चारवटा पालिकाका एक एक जना प्रतिनिधिलाई सदस्यमा मनोनित गर्ने निर्णय पनि गरेको छ ।

मुस्ताङ जिल्ला उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष खगेन्द्र तुलाचनले पदबाट राजिनामा दिएपछि लामो समय देखि जिल्लामा महासंघको नयाँ कार्यसमिति गठन हुन सकको थिएन । नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश अध्यक्ष अमृत प्रसाद भट्टचनको अध्यक्षता तथा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा शुक्रवार जोमसोममा सम्पन्न भेलाले तदर्थ समिति गठन गरेको हो ।

तदर्थ समितिलाई बधाई तथा शुभकामना दिंदै अध्यक्ष ढकालले व्यवसायिहरुका हित तथा स्थानीय उत्पादनको बजाकिरण गर्दै अर्थतन्त्र चलायममान बनाउन तदर्थ समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताउनु भयो । अध्यक्ष ढकालले स्थानीय उत्पादनहरूको बजारीकरण गर्न आग्रह गर्दै त्यसका लागि महासंघ सहयोग गर्न तयार रहेको बताउनु भयो ।

यसैबीच अध्यक्ष ढकालले मुस्ताङको कोराला नाकालाई त्रिदेशीय व्यापारको केन्द्रका रुपमा विकास गर्नुपर्ने बनाउनु भएको छ । उहाँले गण्डकी प्रदेश तथा स्थानीय उद्योगी व्यवसायीहरुसंग जोमसोममा भएको अन्तरक्रिया तथा छलफलका क्रममा सो धारणा राख्नु भएको हो । कालीगण्डकी करिडोरको निर्माण कार्य पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने भएकाले सो नाकालाई पर्यटन तथा आर्थिक अवसरका रूपमा विकास गर्न सकिने उहाँको धारणा थियो ।

“ कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ । त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक अवसरका रूपमा यो नाकाको विकास गर्न सकिने हाम्रो विश्वास छ । उहाँले भन्नुभयो, करिडोरको निर्माण छिटो सम्पन्न गर्न र कोरला नाकालाई व्यवस्थित तथा दिगो ढंगले सञ्चालन गर्न सरकार तथा सम्बन्धित निकायहरूसँग म आग्रह गर्दछु । यसमा निजी क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य प्रति महासंघ प्रतिबद्ध छ । ”

नेपाल–चीन सीमास्थित कोरला नाकाको अवस्था तथा यसको सम्भाव्यताको अध्ययन र अवलोकनका लागि महासंघका अध्यक्ष ढकाल सहित गण्डकी प्रदेश अध्यक्ष प्रदेशअन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरूको टोली जोमसोम पुगेको हो ।