२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारीमा कुहिँदै तरकारी



अ+ अ-

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–२ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र १० कठ्ठामा बन्दागोभी खेती गर्नुभएको छ । छिमेकीबाट पाँच प्रतिशत ब्याजमा रु चार लाख ऋण लिएर उहाँले तरकारी खेती गर्नुभएको हो । आफ्नो खेतबारी उत्पादन भएको तरकारीबाट अहिलेसम्ममा रु पाँच हजार मात्र आम्दनी भएको उहाँको भनाइ छ ।

कोभिड–१९ बाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण कृषक घरबाट बाहिर निस्कन नपाएपछि उत्पादित तरकारी खेतबारीमै कुहिने गरेको मेहताले बताउनुभयो ।

इनरुवा–२ कै रामचन्द्र मेहताले समेत तीन लाख छिमेकीबाट ऋण लिएर व्यावसायिक तरकारी खेती गर्नुभयो । उहाँको पनि तरकारी बिक्री नभएर खेतमै कुहिन थालेपछि चिन्ताले सताएको छ ।

उहाँहरु जस्तै सुनसरीका थुप्रै कृषकको समस्या यस्तै छ । तरकारी बिक्रीवितरणका लागि थोक हाटबजार नलागेको, सानासाना बजारसमेत बन्द भएको र तरकारी लिएर घर बाहिर निस्कँदा प्रहरीले धरपकड गर्ने गरेका कारण झन् तनाव भएको कृषकले बताएका छन् ।

लकडाउनका बेला सरकारले बिहान र बेलुका गरेर कम्तीमा दुई घण्टाका दरले थोकमा उत्पादित तरकारीको बिक्रीवितरण गर्ने वातावरण बनाइदिनुपर्ने कृषकले माग गरेका छन् । जिल्लामा वार्षिक रुपमा एक हजार दुई सय बिघामा तरकारी खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र इनरुवाका प्रमुख नुनुलाल उराँवले बताउनुभयो । कृषकलाई भीडभाड नगरी एउटाएउटा गरेर गाडीमा राखी बिक्रीवितरण गर्नका लागि छुट दिइएको प्रदेश नं १, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालया प्रवक्ता डा राजेन्द्र उप्रेतीले बताउनुभयो ।