१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी

जेन–जी पुस्ताको आन्दोलन देशी र विदेशी शक्तिहरुले हाइज्याक गरे: कमल थापा

जेन–जी पुस्ताको आन्दोलन देशी र विदेशी शक्तिहरुले हाइज्याक गरे: कमल थापा
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले जेन–जी पुस्ताको आन्दोलन देशी र विदेशी शक्तिहरुले हाइज्याक गरेको गम्भीर आरोप लगाउनुभएको छ ।

बिहीवार काठमाडौं आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जेन–जी पुस्ताले संविधान र व्यवस्थाको रक्षाका लागि आन्दोलन नगरेको भएपनि देशी–विदेशी शक्तिहरुले हस्तक्षेप गरेको आरोप लगाउनुभएको हो । उहाँले युवाहरुले भ्रष्टाचार र कुशासनको अन्त्यका लागि आन्दोलन गरिएको भएपनि वर्तमान व्यवस्थामा भ्रष्टाचार र कुशासनको अन्त्य गर्न असम्भव रहेको बताउनु भयो । के यही व्यवस्थामा रहेर मुलुकमा भ्रष्टाचार र कुशासन अन्त्य गर्न सकिन्छ ? उहाँको प्रश्न छ ।

उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा गरेको अभिव्यक्तिले पनि युवा आन्दोलन हाइज्याक भएको प्रमाणित भएको टिप्पणी गर्नुभयो । उहाँले अहिलेकै संवैधानिक व्यवस्था, शासकीय प्रणाली र निर्वाचन प्रणामीमाफर्त अघि बढे जेनजी आन्दोलनको कुनै अर्थ नरहने जिकिर गर्नुभयो । भ्रष्टाचारको मूल जडको रुपमा रहेको संविधान र व्यवस्थालाई यथावत राखेर जनतालाई धोका दिन थालिएको उहाँको टिप्पणी छ । उहाँले संवैधानिक अंगमा भइरहेको राजनीतिक नियुत्ति भ्रष्टाचारको मुख्य कारण भएको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जेनजी युवाहरु यथास्थितिको निरन्तरता र संविधानको रक्षाका लागि आन्दोलन गरेका होइनन् । उनीहरुको कुनै विशेष एजेण्डा  नभएपनि भ्रष्टाचारको अन्त्य भनेका थिए नि । के यही व्यवस्थामा रहेर मुलुकमा भ्रष्टाचार र कुशासन अन्त्य गर्न सकिन्छ त ? मुलुकका संवैधानिक अंगलाई याथिस्थितमा राखेर आन्दोलनलाई हाईज्याक गर्ने काम गर्यो । देशी, विदेशी शक्तिहरुको सहयोगमा युवाहरुको आन्दोलनलाई हाइज्याक गर्ने काम गरियो । माओवादी अध्यक्ष प्रचण्डले व्यवस्था जोगाएँ भन्नुभयो । यो नै आन्दोलन हाइज्याकको प्रमाण हो । अहिलेकै राज्य संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र संवैधानिक आयोग राखेर गर्ने भनिएको चुनावको कुनै अर्थ छैन । भ्रष्टाचारको मूल कारणलाई यथावत राखेर नेपाली जनतालाई धोका दिने षड्यन्त्र भएको छ । यति धेरैले सहादत र ठूलो धनको क्षति भएर जुन ढोका खुलेको थियो । त्यसलाई बन्द गर्ने जजसले काम गरेका छन् । उनीहरुले जनताको कठ्घरामा उभिनुपर्नेछ । यही व्यवस्थामा निर्वाचन गरिए आन्दोलन अधुरो ठहरिनेछ । र त्यहीबाट फेरी सुरु हुनेछ । यही निर्वाचन प्रणालीबाट चुनाव हुँदा पुरानै पार्टी र केही नयाँ आउलान् । तर कसैले पनि सरकार बनाउनेगरी बहुमत बनाउन सक्दैनन् । र ति लुटेरा पार्टीहरु र नौटंकीहरुले अप्राकृतिक गठबन्धन बनाएर अराजकता गर्ने बाहेक के हुनसक्छ ? अहिले बालेनले पार्टी खोल्छ र ठूलो पार्टी हुन्छ भनेर हल्ला गर्छन् । तर उनले खोलेको पार्टी काँग्रेस र एमालेसँगै गठबन्धन गर्नुपर्छ । त्यसको के काम ? अहिले संवैधानिक अंगहरुमा भइरहेको राजनीतिक नियुक्तिले गर्दा मुलुकमा भ्रष्टाचार भएको छ । यो व्यवस्थालाई यथावत कायम राख्ने हो भने भोलि निर्वाचित भएर आउने पार्टीले आफ्नो कार्यकर्तालाई नियुक्ति गर्दैन भन्ने ग्यारेन्टी कसले लिन्छ । त्यसकारण युवाहरुको आन्दोलन हाइज्याक भयो । यथास्थितिलाई कायम राखेर निर्वाचन भएको खण्डमा देशमा थप खराब स्थिति आउनसक्छ ।’

उहाँले मुलुकलाई निकास दिनको लागि सबै प्रजातन्त्रवादी र राजावादीहरु एकजुट हुन आग्रह पनि गर्नुभयो ।