२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल

आवेग वा आरोप, प्रतिशोध वा प्रतिरक्षामा होइन वस्तुगत अवस्थालाई स्वीकार गर्ने सहास गरौँ

आवेग वा आरोप, प्रतिशोध वा प्रतिरक्षामा होइन वस्तुगत अवस्थालाई स्वीकार गर्ने सहास गरौँ
फाइल फोटो
अ अ+ अ-

‘जेनजी’ प्रर्दशनमा ज्यान गुमाउनु हुने सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

भदौ २३ गतेको ‘जेनजी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछि तपाईं–हामी विस्तारै आफ्नो दैनिकीमा फर्किरहेका छौं । तर यसले छोडेको असर भने युगाै सम्म रहनेछ । भदौ २३ गतेको आन्दोलनले हाम्रो राजनीतिक सत्ता र संरचनामा असाधरण बदलाब ल्याएको छ ।

भदौ २४ को अकल्पनीय विध्वंसले हाम्रो आर्थिक संरचना भताभुंग बनाएको छ, हाम्रो सामाजिक मानसपटलमा गहिरो दर्दहरु छोडी गएको छ, हामीले आजसम्म बचाएर ल्याएको सांस्कृतिक मूल्यहरुमा घाउचोट लागेको छ । मुलुकलाई अनिश्चयको अँध्यारो सुरुङ्गतिर लैजाने चिन्ताहरु पनि उत्तिकै छ । मलाई लाग्छ, ती निराशा र अनिश्चय सम्बोधनको पहिलो शर्त हो, भदौ २३ ले दिएको सन्देश ग्रहण गर्नु र त्यसमा अभिव्यक्त भावनाको वस्तुगत सम्मान गर्दै राज्य समाज र पार्टी संरचनामा बहुआयमिक रुपान्तरण गर्नु अनिवार्य र पहिलो शर्त हो ।
भदौ २३ मा सामाजिक सञ्जाल बन्दको बिरोध र सुशासनको माग राखेर सडकमा उत्रिएका जेन–जीमाथि तीव्र दमन भयो । यो दमनको न्यायिक छानविन हुनुपर्छ ।

एकातिर आफ्नो माग र भावनाहरुप्रतिको अपमान/ वेवस्ता गरिएको निष्कर्ष अर्कातिर आफ्ना निहत्था साथीहरुमाथि भएको बर्बर दमनप्रतिको आक्रोश । त्यही मौका छोपेर फरकफरक स्वार्थ बोकेका गलत समूहबाट भदौ २४ मा जेन–जी आन्दोलन दूरुपयोग भयो ।

आन्दोलनमा श्रृखलाबद्ध र संगठित घुसपैठ गरियो । अपराधिक गतिविधि भयो । हाम्रा राष्ट्रिय सम्पदा र सम्पतिहरुमा आगो झोसियो । निजी तथा व्यावसायिक संरचनामामाथि आगजनी र तोडफोड गरियो । हाम्रा इतिहास र गौरव जोडिएका संरचनाहरु खण्ड भए । आफ्नो समयमा परिर्वतन र रुपान्तरणमा महत्वपूर्ण योगदान गर्नु भएका हाम्रा नेताहरुमाथि आक्रमण भयो, घर जलाइयो ।

यसले भदौ २३ गते जेन–जीहरुले पवित्र माग राखेर गरेको व्रिदोहलाई बदनाम र विद्रुप बनायो । विश्वसामु लज्जाबोधको अवस्था आयो। भदौ २४ गतेको अकल्पनीय विध्वंस देश र जेन–जीहरुको भावना र आर्दश विरुद्धमा थियो । यसको सत्यतथ्य छानविन हुनुपर्छ ।

नेपालको पछिल्लो घटनाका बारेमा भूराजनीति र अन्तराष्ट्रीय शक्ति केन्द्रको भूमिको पनि चर्चा हुने गरेको छ । आज म त्यतातिर धेरै चर्चा गर्न चहान्न । भोलीका दिनमा सबै कुरा उद्घाटित हुदै जानेछन् । एउटा भनाई छ, ‘अर्कालाई दोष लगाउनु पूर्व आफ्नौ थैली बलियो गरी कस्नु ।’ छिमेकी मित्र राष्ट्रहरु तथा अन्य मित्र राष्ट्रहरुलाई म भन्न चहान्छु, ‘तपाईंहरुले नेपालको लोकतन्त्रिक प्रक्रिया र नेपालीहरुको विकासको चाहनालाई गर्दै आउनु भएको सहयोगप्रति धन्यवाद छ । तर आजको अस्थिर र अनिश्चयमा नेपाललाई प्रयोगशाला बनाउने प्रयास हुनेछैन भन्ने मेरो गहिरो विश्वास छ । संबिधानको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुर्नजीवनको लागि तपाईंहरुको सकरात्मक सद्भाव भने अपेक्षित छ ।’

हो, हाम्रा सामु एकातिर पीडाहरु छन्, हतासा छ, निराशाहरु छन्, अर्कातिर सिंगो एउटा पुस्ताको आक्रोश पनि । यो सँगसँगै आशा र अपेक्षाहरु पनि छन् । सबैभन्दा बढी प्रश्नहरु छन् । तपाईहरुले आक्रोश र आशाको नजरले हामीलाई सोधिरहनु भएको छ, ‘अब तिमिहरुले हिंड्ने बाटो कुन हो ?’ बदलिन्छौं की उस्तै बस्छौं ?

मैले सामाजिक सञ्जाल हेरीरहेको छु, सञ्चार माध्यमहरु पढिरहेको छु । तपाईंहरुले हामीलाई सोधिरहनु भएको छ, ‘तिमिहरुसँग आत्मालोचना र स्वीकारोक्ति छैन ?’ आफ्ना कमजोरीहरुप्रति माफी माग्दैनौं ? यसअघि पनि मैले भदौ २४, २५ र २८ गते सामाजिक सञ्जालमार्फत केही कुरा राखेको थिएँ । हो, असल प्रयास र प्रयत्नहरु जारी थिए । अनेक सीमा, अबरोध र अप्ठ्याराहरुको विचमा पनि प्रयासहरु प्रयत्नहरु जारी थिए भन्ने लाग्छ । तर सब ठिकठाक थिएनन् भन्ने पुष्टी २३ भदौले गरीसकेको छ । यो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ । र हामीले भन्नुपर्ने हुन्छ, ‘बदलिएका आबश्यकता र अपेक्षाहरु पुरा गर्न सफल नभएकोमा हामी माफी चहान्छौं ।’

यो बेला ‘नियन्त्रित अस्थितरता’का चिन्ताहरु पनि प्रकट भएका छन् । सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमान रक्षाको गहिरो चासो प्रकट भएका छन् । कतिपयहरुले व्यवस्थामाथिको प्रश्न पनि नउठाएका होइनन् । फेरि पनि त्यसको लागि संबिधानको रक्षा पहिलो शर्त हो । हामीले जुन व्यवस्था अपनाएका छौं, राजनीतिक दलहरु नै यसको समाधान हुन् । नयाँ पुस्ताको भावना र माग सम्बोधन सहित निर्वाचन मार्फत संबिधानलाई ‘ट्रयाक’मा ल्याउनु हाम्रो पहिलो काम हो ।

केही परिमार्जन आबश्यक रहेछ भने पनि संबिधानले देखाएको बाटो बाटै परिमार्जन गर्न सकिन्छ । तर, आज अत्याधिक सोधिएको प्रश्न हो, ‘यही राजनीतिक नेतृत्व, संरचना र मनोविज्ञानबाट सम्भव छ ?’ हामीप्रति आशाले हेरिरहनु भएका अधिकांस बुद्धीजीवि, नेत तथा कार्यकर्ता, शुभेच्छकहरुको भनाई छ, ‘अब पुनर्गठन विना सम्भव छैन ।

माक्र्सवादले भन्छ, ‘अवस्था बदलिएपछि चेतना पनि बदलिन्छ ।’ अवस्थामा बदलाब आएपछि मानिसको सोच, विचार, चेतना पनि उसैगरी बदलिन्छ । चेतना अवस्थासँगै विकसित हुन्छ र वर्ग संघर्षले यसलाई नयाँ स्तरमा पुर्‍याउँछ । अवस्था अभूतपूर्व रुपमा बदलिएको छ । भदौ २२ र आज उस्तै हुँदै होइन । आज हामी विलकुल नयाँ चेतनामाथि उभिएका छौं । दार्शनिक एन्टोनियम ग्राम्सी भन्छन्, ‘संकटको समयमा पुराना विचारहरू मर्छन् तर नयाँ जन्मिन हिच्किचाउँछन् यतिखेर आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्छ ।’

कमरेडहरु, ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले)लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरीरहदा हामीले इतिहासको वेवस्ता र अपमान कदापी गर्नु हुन्न । पार्टीका नेताहरु जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरुसँगै थियौं । यो जस–अपजसको भागीदार हामी पनि हौं । त्यसैले म यो बेला भन्छु, ‘उहाँहरुको सम्मान सहित पुनर्गठन ।’ फेरि यहाँनिर पुनर्गठन र रुपान्तरणको बहस गरीरहदा वर्तमान मुल नेतृत्वप्रतिको प्रहारको रुपमा जबरजस्ती कही कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ ।

म तपाईहरुलाई भन्न चहान्छु, ‘कमरेडहरु, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरुको सम्मान रहन्छ । इतिहास रहन्छ ।’ सम्झिनुहोस् त, दुनियाँको इतिहास । लेनिनका, माक्र्सका शालिकहरु ढालिएका इतिहास तपाई हामीले पढेका छौं । हाम्रो नेताहरुको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ । इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो । पुनर्गठन र रुपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरुमाथिको प्रश्न अथवा अपमानको रुपमा अर्थ लगाउनु सर्बथा गलत हो । बस्तुतट्ठ यो व्याख्या गर्नेहरु नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन् ।

हामीलाई थाहा छ, जब १९९१ मा सोभियत ढल्यो । सोभियत पतनले अन्तर्राष्ट्रिय स्तरमा कम्युनिष्ट आन्दोलन ठुलो संकट आयो । सोभियतको पतन कम्युनिष्ट आन्दोलनको अवस्थाको धेरै ठुलो परिर्वतन थियो । स्वभाविक रुपमा चेतनाहरु पनि बदलिए । आन्दोलन रक्षात्मक भयो । त्यही बदलाबपछि जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गर्नुभयो । नयाँ चेतनाको निर्माण भयो । र नेपाली कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको हो । २०६१ माघ १९ मा तात्कालिन राजा ज्ञानेन्द्रले संबिधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कु’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै संन्नटा छाएको थियो । त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुर्नगठनको बहस चलायो । अन्ततः नेकपा (एमाले)को नवौं महाधिवेशनले पार्टी पुर्नगठनको एजेन्डा स्वीकार गर्यो । पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रुपमा स्थापित गर्‍यो । पार्टी बच्यो, आन्दोलन सफल भयो । नेतृत्वको सम्मान पुनस्थापित भयो । पार्टीमा नयाँ पुस्ताको प्रभावशाली प्रवेश भयो । हामी सबैले त्यो क्षणलाई पुन स्मरण गरौं ।

त्यसैले कमरेडहरु, अहिले हामीले संबिधानको रक्षा गर्नुछ, हाम्रो सार्वभौमिकता राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्नुछ । त्यसको लागि हामी सम्हालिएर नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुछ । आवेग वा आरोप, प्रतिशोध वा प्रतिरक्षामा होइन वस्तुगत अवस्थालाई स्वीकार गर्ने सहास गर्नुपर्छ ।

हाम्रो पार्टी, आन्दोलनलाई असाधरण योगदान गर्नु हुने तमाम नेता, कार्यकर्ता, बुद्धिजीवीहरु, आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरु, जसले हामीलाई आशाका नजरले हेरीरहनु भएका आम जनसमुदाय सबैलाई म भन्न चहान्छु, ‘गल्ती र कमजोरीहरुबाट हामी सिक्नेछौं । र पार्टी र आन्दोलनलाई पुर्नगठन गर्नेछौं ।’ मार्क्सले भन्नु भएको छ, ‘इतिहासमा कुनै पनि अवस्था स्थायी हुँदैन । निराशाको गर्भमै परिवर्तनको सम्भावना लुकेको हुन्छ ।’ यो निराशा र संकटको अवस्था स्थायी होइन । इतिहासमा हामीले ठुल्ठुला संकट र आँधीवेहरी पार गरेरै यहाँसम्म आएका हौं । तर इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरुमा हामी पुर्नगठित भएको सत्यलाई पनि हामीले मनन गर्नु जरुरी छ । त्यही स्वीकारोत्ती सहितको अभियानको लागि अपिल समेत गर्दछु ।

आत्म भर्त्सनाबन्द गरौं, आत्मसमिक्षा ढटेर गरौं । भनिन्छ नी कमजोरी स्वीकार कमजोरहरुले गर्न सक्दैनन् । लेनिनले भन्नु भएको छ, ‘क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन । कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउन सहयोग गर्नु हो ।’ हामी एक्ला एक्लै होइन सँगै बसेर सामूहिक ढंगले समस्याको हल खोजौं, खुला खुलस्त हौं । सबैको अस्तीत्व र भूमिकालाई स्वीकार गरौं । हामी हाम्रो पार्टी र आन्दोलनको सहयोगी बन्ने समय हो यो, न की लेनिनले भने जस्तै अरु कसैको ।

योगेश भट्टराई
सचिव, नेकपा (एमाले)
मिति: ९ असोज २०८२
धन्यवाद ।