११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर

करेन्ट लागेर मृत्यु भएका शिक्षकको परिवारलाई राहत प्रदान

करेन्ट लागेर मृत्यु भएका शिक्षकको परिवारलाई राहत प्रदान
अ अ+ अ-

सिरहा। यहाँको लहान नगरपालिका-२३ गाढा गाउँमा करेन्ट लागेर ज्यान गुमाएका शिक्षक विजेन्द्रकुमार सहनीका परिवारलाई लहान नगरपालिकाले राहत प्रदान गरेको छ ।

गत शनिबार बिहान खेतमा सिँचाइ गर्ने क्रममा विद्युतीय मोटर चलाउँदा करेन्ट लागेर जनता माध्यमिक विद्यालयमा अध्यापन गराउने लहान-१९ का ३८ वर्षीय शिक्षक सहनीको निधन भएको थियो । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी आज पीडितको घर पुगी उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

सोही क्रममा उहाँले नगरपालिकाको तर्फबाट सहनीको परिवारलाई तत्काल राहतस्वरूप एक क्विन्टल चामल, दाल, नुन, तेललगायत खाद्यान्न सामग्री प्रदान गर्नुभएको हो । साथै, नगरप्रमुख चौधरीले मृतककी पत्नी मञ्जु सहनीलाई योग्यताअनुसार सोही विद्यायलमा रोजगार उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाउनुभयो । मृतकका तीन सन्तानको शिक्षामा समेत सहयोग गर्ने आश्वासन उहाँले दिनुभयो ।

शिक्षक सहनीको असामयिक निधनले परिवारका साथै सम्पूर्ण शिक्षाप्रेमी समाजलाई स्तब्ध बनाएको नगरप्रमुख चौधरीले बताउनुभयो । पीडित परिवारका लागि दीर्घकालीन सहयोग कार्यक्रमसमेत अघि बढाइने नगर कार्यालयले जनाएको छ । रासस