४ असार २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा



अ+ अ-

कास्की। नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी प्रदेश कार्यालयको परिसरमा पम्प बनाएको हो ।

सो पम्पबाट आजदेखि पेट्रोल र डिजेल बिक्रीवितरण सुरु गरिएको गरिएको प्रहरी प्रदेश कार्यालयका पोखराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

“प्रहरी कल्याण कोषबाट स्थापित पम्पबाट नियमित रुपमा इन्धन बिक्री वितरण सुरु गरेका छौँ । नेपाल आयल निगमले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेका छौँ, यहाँबाट २४सै घण्टा नै सेवा दिनेछौँ”, उहाँले भन्नुभयो ।

नेपाल प्रहरीको यो पम्प गण्डकीमा दोस्रो हो । यसअघि नवलपरासीमा प्रहरीले पेट्रोल पम्प चलाएको छ । सूचना अधिकारी सापकोटाका अनुसार रु नौ करोड ९६ लाख ६५ हजार लागतमा पेट्रोल पम्प निर्माण गरिएको हो । पम्प निर्माण कार्य एक वर्षअघि सुरु भएको थियो । पम्प निर्माणको जिम्मा ‘एनसी अल्फा हेक्स तेजस्वी जेभी’ले पाएको थियो ।

नागरिक समाजको विरोधका कारण केही समय पम्प निर्माण रोकिएको थियो । सरकारी कार्यालय रहेको क्षेत्रमा पम्प निर्माण गर्न नहुने भन्दै नागरिक समाजकातर्फबाट अदालतमा रिट दाएर भएको थियो । पछि अदालतले सो रिट खारेज गरेपछि निर्माण कार्य पुनःसुरु भएको थियो । सुशिरस