१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला आयोगमा आफैँले कार्यबाहक तोकेपछि…



अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमल पराजुली विदेश गएर लामो समयदेखि नफर्किएको र कसैलाई पनि कार्यबाहक नतोकेको भनेर सदस्य कृष्ण कुमारी पौडेलले आफैँलाई आयोगको कार्यबाहक अध्यक्ष तोकेकी छिन् ।

उनले आज आयोगको लेटरहेडमा आफूले नै आयोगको कार्यबाहक अध्यक्ष भई काम गर्ने भनी लेखेर आफ्नै पत्र सार्वजनिक गरेकी छिन् ।

आयोगकी अध्यक्ष कमला कुमारी पराजुली २०८२ असोज ५ गतेदेखि आयोगमा अनुपस्थित भएपछि पौडेलले राष्ट्रिय महिला आयोग ऐन, २०७४ को दफा २० र संविधानको धारा १०१९६० को व्यवस्था उल्लेख गर्दै आफू वरिष्ठतम सदस्य भएकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने भन्दै सूचना जारी गरेकी हुन्।

यअघि पनि लामो समयदेखि आयोगकी अध्यक्ष पराजुली र सदस्य पौडेलकाबीचमा विवाद रही आएको थियो ।

पौडेलले पराजुलीले आयोगको घरभाडा लिँदादेखि अन्य कामहरुमा पनि भ्रष्टाचार गरेको तथा आयोगलाई आएको बजेट समेत आफ्नो एनजिओमा लाने गरेको भन्दै सार्वजनिक रुपमा नै विरोध गरिरहेकी थिइन् ।

आयोगकी सदस्य पौडेलले आफैँले आफूलाई अध्यक्षको कार्यभार तोकेर पत्र सार्वजनिक गरेको विषयमा अहिले व्यापक मात्रामा चर्चा भइरहेको छ ।