८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

चुनावको मिति घोषणा भइसकेकाले अब संसद् पुनःस्थापनाको माग राख्नु हुँदैनः महामन्त्री शर्मा

चुनावको मिति घोषणा भइसकेकाले अब संसद् पुनःस्थापनाको माग राख्नु हुँदैनः महामन्त्री शर्मा
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब संसद् पुनःस्थापनाको माग राख्न आवश्यक नरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति घोषणा भइसकेकाले दलहरूले चुनावमै जानुपर्ने धारणा राखे ।

महामन्त्री शर्माले संसद् विघटनबारे पार्टीभित्र फरक–फरक मत रहेको उल्लेख गर्दै भने, “संसद् पुनःस्थापनामा जानुपर्छ भन्ने मत पनि छन्, चुनावमा जानुपर्छ भन्ने नेताहरू पनि हुनुहुन्छ। तर, मेरो धारणा अब निर्वाचनको मिति घोषणा भइसकेकाले पुनःस्थापनाको माग गर्नु उपयुक्त हुँदैन ।”

उनका अनुसार अफ्ठ्यारो परिस्थितिमा राष्ट्रपतिले सेनालाई विश्वासमा राख्दै नयाँ सरकार बनाएर निर्वाचनमा जान दलहरूलाई आह्वान गरेको अवस्थालाई स्वीकार गर्नुपर्ने समय आएको छ ।

सो अवसरमा उनले जेनजीले उठाएको प्रतिनिधित्वको मागप्रति समर्थन जनाउँदै सुशीला कार्की नेतृत्वको सरकारले जेनजीलाई सहभागी नगराएको विषयमा प्रश्न उठाए ।

उनले भने, “बलिदान दिने बेला जेनजी, परिवर्तनको लागि लड्ने बेला जेनजी, तर सरकार बनाउने बेला जेनजीको प्रतिनिधित्वबिना अघि बढाइयो, यो गम्भीर विषय हो ।”