१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनिटी कप टी–२०ः नेपाली खेलाडीले यूएईको भिसा पाए, सोमबार प्रस्थान गर्ने



अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा उपलब्ध गराएको छ ।

यूएईले आसन्न नेपाल र वेस्ट इन्डिजको क्रिकेट सिरिजका लागि नेपाली खेलाडीहरूलाई भिसा दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाले एक विज्ञप्ती जारी गर्दै क्रिकेट टोलीले भिसा पाएको र सोमबार त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिए ।

नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिजिट भिसा दिन रोकेको छ । जसको कारण युएईले नेपाली क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेको थियो ।

युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न नेपाली टोली शुक्रबार जाने तालिका थियो । तर, भिसा नलागेपछि खेलाडीहरु रोकिएका थिए ।

नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग भिसाको लागि पहल गरेको थियो ।

नेपालले २७, २९ र ३० सेप्टेम्बरमा वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।