२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्नुपर्ने आवश्यकता छ: मुख्यमन्त्री कँडेल



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य यामलाल कँडेलले ‘जेनजी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्नुपर्ने आवश्यकता औंँल्याउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपाल तथा अनेरास्ववियुसँग आज यहाँ सुर्खेतमा भएको अन्तरक्रियामा उहाँले युवा र विद्यार्थी सङ्गठन मिलेर समाजलाई सकारात्मक दिशामा लैजान आह्वान गर्नुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो,“अब हामी निर्माण गर्ने पुस्ता हौँ, दर्शक बन्ने होइनौँ भन्ने सन्देश दिन लागौँ । भ्रष्टाचारविरुद्ध आवाज उठाउने, राष्ट्रको पक्षमा बोल्ने र समाजलाई अनुशासित बनाउने जिम्मेवारी युवामाथि छ । गुटबन्दी, विभाजन र स्वार्थी राजनीतिले पार्टी मात्र नभइ राष्ट्रसमेत कमजोर हुने हुँदा सचेत बनौँ ।”

उहाँले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकार समस्यामा परेको बताउनुभयो ।