३१ श्रावण २०८३, आईतवार
,
Latest
राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशनबारे निर्णय गर्न छिटै पार्टी बैठक बस्छः काँग्रेस नेता रिजाल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री रमेश रिजालले कार्यसम्पदान समितिको बैठकले गरेको निर्णयका आधारमा पार्टीलाई अगाडि बढाउने बताउनुभएको छ ।

पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीको विशेष महाधिवेशन गर्ने÷नगर्नेबारे निर्णय गर्न छिटै पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने उहाँको भनाइ छ । उहाँले जेन जी आन्दोलनको क्रममा नेपाली काँग्रेसजस्तो अग्रगामी र लोकतान्त्रिक पार्टीका संरचनामाथि भएको आक्रमण निन्दनीय भएको भन्दै खेद व्यक्त गर्नुभयो । उहाँले जेनजी पुस्ताको सहभागिता र उनीहरुको मागलाई सम्बोधन गर्नेगरी पार्टी अगाडि बढ्ने कुरामा आफूहरु गम्भीर रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो नहुनुपर्ने भयो । पार्टीमाथि आक्रमण गर्नु सर्वथा निन्दनीय विषय हो । म यसको निन्दा गर्छु । विचार बोकेको पार्टी हो नेपाली काँग्रेस । अगामी  दिनमा पार्टीको दोस्रो तहमा बसेका मान्छेहरुले सम्भावना त छँदैछ नि । अब पार्टीको पदाधिकारी, कार्यसम्पदान समिति  लगायतको बैठक बस्छ बैठकले निकालेको निचोडका आधारमा हामी अगाडि बढ्छौं । विषेश महाधिवेशन गर्ने कि नगर्ने  विषय पनि बैठकले नै निर्णय गर्छ । जेनजी पुस्ताको मागलाई पार्टीले सम्बोधन गर्नुपर्छ ।’

गत भदौ २३ र २४ मा भएको जेन—जी पुस्ताको आन्दोलनको क्रममा नेपाली काँग्रेसको केन्द्रिय तथा अधिकांश जिल्ला र प्रदेश कार्यालयहरुमा समेत व्यापक क्षति भएको छ । यससँगै पार्टीभित्र नेतृत्व हस्तान्तरण बहस चुलिएको छ ।