१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा तत्काल सुधारात्मक प्रक्रिया थाल्न तोसिमाको चार प्रस्ताव



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीमा तत्काल सुधारात्मक प्रक्रिया थाल्नुपर्ने भन्दै सुधारका चार प्रस्ताव सार्वजनिक गर्नुभएको छ ।

नेतृ कार्कीले संस्थापक सभापति रवि लामिछाने र कार्यवाहक सभापति डीपी अर्यालमार्फत् प्रस्तुत गरिएको प्रस्तावमा पछिल्लो समय उठेका प्रश्नलाई आत्मसात् गर्न आवश्यक रहेको जनाउनु भएको छ ।

उहाँले ‘जेन-जी मात्र होइन, जेन-अल्फा र अन्य सबै उमेर समूह, जातजाति, भाषा र भूगोलका प्रतिनिधित्व हुने आकांक्षा समेट्दै भविष्यको नेपाल निर्माण गर्नुपर्ने जनाउनु भएको छ ।

सुधारका चार प्रस्ताव

(१) सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध उभिएको जेनजी क्रान्तिमा तत्कालीन सरकारले नृशंस दमन गरी कम्तीमा ७२ जनाको निधन, १ हजार भन्दा बढी घाइते र देशभरि विभिन्न तत्वको घुसपैठका कारणले भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण देशलाई भएको अकल्पनीय क्षतिका कारण नेपाल आज ठूलो संकट र संक्रमणको दोसाँधमा उभिएको छ ।

यस्तो अवस्थामा हामीले जेनजी मात्रै होइन, जेन अल्फा समेतका भावनालाई समावेश गर्ने गरी राष्ट्रका सबै उमेर समूह, सबै जातजाति, सबै भाषाभाषी, सबै भौगोलिक क्षेत्रका बासिन्दा एवं सबै वर्गका पीडा र भविष्यका अपेक्षालाई तत्कालै सम्बोधन गर्नु आवश्यक छ ।

(२) जेनजीको आह्वानमा भएको तेस्रो जनआन्दोलनपछिको अवस्थामा नेपाल राष्ट्र समग्रमा पहिलेकै अवस्थामा रहन सक्दैन र रहनु पनि हुँदैन किनभने सबै क्षेत्रमा आमूल सकारात्मक परिवर्तन उक्त आन्दोलनले माग गरेको छ । यसै क्रममा राजनीतिक पार्टीहरूले समेत पुरानो अवस्थालाई चिरेर महत्वपूर्ण सुधारात्मक परिवर्तन गर्ने सोचलाई आत्मसात् गर्ने पर्छ।

(३) देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो । यसका लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको पनि स्थापनाका आवश्यक केही पाटोको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनर्मूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यममार्गी राजनीतिक शक्तिको निर्माणको लागि अहिले नै उपयुक्त समय हो ।

(४) उपरोक्त पृष्ठभूमिमा पार्टीको अर्थपूर्ण रूपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गरियोस् भनी माग गर्दछु । साथै, यसै क्रममा अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिहरूसँग समेत वार्ता गरी जेन(जी आन्दोलनको आकांक्षा बमोजिमको परिवर्तन संस्थागत गर्ने मध्यममार्गी राजनीतिक शक्तिको निर्माण गर्न अग्रसर हुन पनि हार्दिक अनुरोध गर्दछु ।