काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले यो संविधान सर्वस्वीकार्य र सबै नेपालीको साझा संविधान बन्न नसकेको जनाउनु भएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८ को अबसरमा शुभकामना दिदै अध्यक्ष थापाले १० वर्षको राजनीतिक अभ्यास र अनुभवबाट पाठ सिकेर सबै नेपाली शक्ति र विचार अटाउने राजनीतिक प्रणाली निर्माण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना ब्यक्त गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ
नेपालको संविधान जारी भएको १० वर्ष पूरा भयो।यो संविधानलाई संविधानसभामा निर्णयार्थ प्रस्तुत हुँदा विपक्षमा मतदान गर्ने एकमात्र राजनीतिक दल,राप्रपा नेपालको अध्यक्षको हैसियतबाट म भन्दछु( यो संविधान अझै सर्वस्वीकार्य र सबै नेपालीको साझा संविधान बन्न सकेको छैन।
१० वर्षको राजनीतिक अभ्यास र अनुभवबाट पाठ सिकेर सबै नेपाली शक्ति र विचार अटाउने राजनीतिक प्रणाली निर्माण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने मेरो शुभकामना छ।
भ्रष्टाचार र कुशासनको अन्त्यको निम्ति हालै भएको जेन्जी आन्दोलनले परिवर्तनको ढोका खोलेको थियो।तर,परिवर्तन विरोधी तत्वहरूले आन्दोलनको भावनालाई अपहरण गरेर यथास्थितिलाई निरन्तरता दिने षडयन्त्र गरिरहेका छन्।
आन्दोलनमा ७४ जनाको दुस्खद निधन र खर्बौको सार्वजनिक र निजी सम्पत्ति नष्ट भयो। त्यो आन्दोलन केवल एकथान सरकार परिवर्तनको निम्ति मात्र भएको थिएन। त्यसर्थ, विद्यमान व्यवस्थामा आमुल सुधार चाहने नेपाली जनताको भावनालाई दबाउने दुस्साहस कसैबाट पनि नहोस्।
बहुसंख्यक नेपाली जनताको चहानालाई सम्मान गर्दै प्रदेश संरचनाको खारेजी तथा हिन्दुअधिराज्यको पुन:स्थापना गर्न अब ढिलो गर्नु हुँदैन।









