२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान सर्वस्वीकार्य र सबै नेपालीको साझा बन्न सकेन: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले यो संविधान सर्वस्वीकार्य र सबै नेपालीको साझा संविधान बन्न नसकेको जनाउनु भएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८ को अबसरमा शुभकामना दिदै अध्यक्ष थापाले १० वर्षको राजनीतिक अभ्यास र अनुभवबाट पाठ सिकेर सबै नेपाली शक्ति र विचार अटाउने राजनीतिक प्रणाली निर्माण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना ब्यक्त गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ

नेपालको संविधान जारी भएको १० वर्ष पूरा भयो।यो संविधानलाई संविधानसभामा निर्णयार्थ प्रस्तुत हुँदा विपक्षमा मतदान गर्ने एकमात्र राजनीतिक दल,राप्रपा नेपालको अध्यक्षको हैसियतबाट म भन्दछु( यो संविधान अझै सर्वस्वीकार्य र सबै नेपालीको साझा संविधान बन्न सकेको छैन।

१० वर्षको राजनीतिक अभ्यास र अनुभवबाट पाठ सिकेर सबै नेपाली शक्ति र विचार अटाउने राजनीतिक प्रणाली निर्माण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने मेरो शुभकामना छ।

भ्रष्टाचार र कुशासनको अन्त्यको निम्ति हालै भएको जेन्जी आन्दोलनले परिवर्तनको ढोका खोलेको थियो।तर,परिवर्तन विरोधी तत्वहरूले आन्दोलनको भावनालाई अपहरण गरेर यथास्थितिलाई निरन्तरता दिने षडयन्त्र गरिरहेका छन्।

आन्दोलनमा ७४ जनाको दुस्खद निधन र खर्बौको सार्वजनिक र निजी सम्पत्ति नष्ट भयो। त्यो आन्दोलन केवल एकथान सरकार परिवर्तनको निम्ति मात्र भएको थिएन। त्यसर्थ, विद्यमान व्यवस्थामा आमुल सुधार चाहने नेपाली जनताको भावनालाई दबाउने दुस्साहस कसैबाट पनि नहोस्।

बहुसंख्यक नेपाली जनताको चहानालाई सम्मान गर्दै प्रदेश संरचनाको खारेजी तथा हिन्दुअधिराज्यको पुन:स्थापना गर्न अब ढिलो गर्नु हुँदैन।