२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

खरानी बनाइएको चाक्सीबारीको त्यो घर, जसले नेपालीलाई रैतीबाट नागरिक बनाएको थियो

खरानी बनाइएको चाक्सीबारीको त्यो घर, जसले नेपालीलाई रैतीबाट नागरिक बनाएको थियो
अ अ+ अ-

बा आज तपाईको स्मृति दिवस !

तपाईंको घरसँगैका सबै स्मृतिहरू कायरहरूले भग्नावशेषमा परिणत गर्दियो । तर तपाईंको त्याग, बलिदान, देशभक्ति र राष्ट्रप्रेम इतिहासका पानामा सधैँ सुनौला अक्षरले लेखिएरै रहने छन् । कसैले पनि इतिहास मेटाउन सक्ने छैन । तपाइँ सधैँ अमर हुनुहुन्छ, रहिरहनु हुनेछ ।

हार्दिक श्रद्धाशुमन ।

नेपालको राजनीतिक इतिहासमा लौह पुरुषको नामबाट समेत परिचित गणेशमान सिंहको आज स्मृति दिवस हो । नेपालका एक प्रजातान्त्रिक योद्धा सिंहको मृत्यु विसं २०५४ असोज २ गते भएको थियो । आज स्मृति दिवसका दिन उनकी बुहारी अर्थात् गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहकी धर्मपत्नीले आज फेसबुकमा यो स्टाटस लेखेर गणेशमान सिंहलाई श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

गत भदौको २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गणेशमान सिंहको घर जलाइएको छ । यो उनको पुख्र्यौली सम्पत्ति हो । जुन घर केवल कणेशमान सिंहको सम्पत्ति मात्र थिएन कि नेपालको प्रजातान्त्रिक इतिहासको सम्पदा एवं साक्षी पनि थियो । जो व्यक्ति राणा र राजाका विरुद्ध लडेर नेपालीलाई रैती तथा प्रजाको पहिचानबाट नेपाली नागरिकको पहिचान दिलायो, त्यस्ता व्यक्तिको जन्मघर अहिले खरानीमा परिणत भएको छ ।

आजका दिन कांग्रेसीजनहरु गणेशमान सिंहको घरमा जम्मा हुन्थे, उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने गर्दथे र उनको पहिचान बनेको लौरोदेखि उनले प्रयोग गरेका सरसामाग्रीहरुको अवलोकन गर्ने गर्दथे । एक प्रकारले भन्नुपर्दा नेपाली राजनीतिक इतिहासको संग्रहालयजस्तै थियो त्यो घर । जुन अहिले खरानीमा परिणत भइसकेको छ ।

गणेशमान सिंह नेपाली राजनीतिक इतिहासमा कुनै व्याख्या या विशेषणले चिनाउनु नपर्ने नाम हो । जसले २००७ सालमा राणा शासनका विरुद्धमा लड्यो भने मुलुकमा लोकतन्त्रको स्थापनाका लागि दशकौँसम्म पञ्चायती व्यवस्थाका विरुद्धमा पनि संघर्ष गर्यो ।

प्रजातन्त्र अर्थात नागरिक अधिकारका लागि लड्नु अर्थात संघर्ष गर्नु भनेको अहिले केही विषयमा सडकमा ओर्लिएर नाराबाजी गर्नु र आफूले भनेजस्तो नभएर सार्वजनिक सम्पत्तिमा आगजनी गर्नुजस्तो सजिलो होइन त्यो बेला ।

राणा शासनजस्तो विरोध गर्यो कि झुण्ड्याएर मार्ने जस्तो क्रुरताका विरुद्धमा लाग्नु, आवाज उठाउनु कति कठिन थियो होला ? अहिलेको पुस्ताले त त्यो सम्झन अथवा कम्पनै पनि गर्न सक्दैन होला ।

त्यस्तो बेलामा गणेशमानले संघर्ष गरे । राणा शासन विरुद्धको आन्दोलनमै लागे, पञ्चायती व्यवस्थाको निकै कुटाइ खाए, जेलनेल सहे, दशौँ बर्ष जेल बसे, पछि जेलबाटै सुरुङ खनेर भागे पनि । यसरी पञ्चायत जस्तो तानाशाही व्यवस्थालाई घुँडा टेकाए ।

क्षेत्रपाटीको चाक्सीबारीस्थित उनको घर प्रजातान्त्रिक इतिहासकै धरोहर हो । राण शासन विरुद्ध लड्दा उनी यही घरबाटै जेल परेका थिए र पछि मुक्त भएर पनि सोही घर फर्किएका थिए । क्रान्ति सफल बनएर उनी विसं २००७ सालमा नै उद्योग मन्त्री समेत बनेका थिए ।

विसं २०४६ को जनआन्दोलन नेपालमा प्रजातन्त्र पुनस्र्थापनाको एक ऐतिहासिक आन्दोलन हो । त्यो आन्दोलन नै यही घरबाट घोषणा भएको हो । विसं २००७ माघ ७ गते भारतीय नेता चन्द्रशेखरदेखि अन्य प्रजातन्त्रवादी नेताहरु र नेपालका कांग्रेस र तत्कालीन बाममोर्चाको समर्थन तथा सहभागितामा सो आन्दोलनको सुरुआत भएको थियो ।

२०४६ सालको आन्दोलनका कमाण्डर नै गणेशमान सिंह थिए । उनैको नेतृत्वमा आन्दोलन सफल भयो र पछि राजा वीरेन्द्रले बहुदलीय व्यवस्थाको घोषण गरे । त्यो आन्दोलनको सफलताको सम्पूर्ण श्रेय गणेशमान नै थिए । पछि उनलाई राजा वीरेन्द्रले नै प्रधानमन्त्रीको अफर गरे ।

कांग्रेस र संयुक्त बाममोर्चाका तर्फबाट पनि उनैलाई प्रधानमन्त्रीको अफर भएको थियो । तर गणेशमानले भने सहजै त्यो अफर अस्वीकार गरे र आफैले कांग्रेस नेता कृषणप्रसाद भट्टराइको नाम प्रधानमन्त्रीका रुपमा अघि सारे । किसुनजी प्रधानमन्त्री भए र विसं २०४७ सालमा संवैधानिक राजतन्त्रतात्मक संविधान जारी गर्न सफल पनि भए ।

यस्ता त्यागी, प्रजातन्त्रका लागि जीवनभर लडेका र नेता गणेशमान सिंहको घर जेननी आन्दोलनले जलाइदिएका छन् । मानिसहरुले अहिले जेनजी आन्दोलनको क्षतिको मूल्यांकन गरिरहेका छन् र क्षतिको एक नम्बरमै छन् सिंहदरबार र सर्वाेच्च अदालत ।

तर पनि नेपालको प्रजातान्त्रिक आन्दोलनको मूल्यांकन गर्ने हो भने त्यसले न गणेशमान सिंहको नामविना त्यो पूर्ण हुन्छ र नत चाक्सीबारीस्थित उनको निवासको ऐतिहासिक धरोहरको स्मृति विना नै ।

आज यही विषयमा चर्चा गरे गणेशमान सिंहको स्मृति दिवस मनाउन त्यहाँ जम्मा भएका कांग्रेस तथा अरु पार्टीृका नेता कार्यकर्ताले ।

ती मध्ये केहीले भने उनका छोरा प्रकाशमान सिंह (जो अघिल्लो सरकारका उपप्रधानमन्त्री थिए) लाई गणेशमान सिंह जन्मेको र उनले अन्तिम सास फेरेको सो घरलाई गणेशमान संग्रहालय बनाउन ढिला गरेको पनि बताएका थिए ।

फोटो – मिनरत्न बज्राचार्य