काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी काममा फर्किएका छन् ।
भदौ २३–२४ मा जेनजी आन्दोलनका क्रममा काठमाडौँ र इटहरीमा प्रहरी कारबाहीमा १९ जनाको मृत्यु भएपछि उनी नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए ।
स्थिति सामान्य बन्दै गएपछि प्रचण्ड सोमबारदेखि सक्रिय भएका माओवादी स्रोतले जनाएका छन् ।
उनले आन्दोलनकारीले क्षति पुर्याएको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालय निरीक्षण र पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन् ।



















