२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन यूरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९४ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १९ पैसा र बिक्रीदर १५ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८ रुपैयाँ १८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ८० पैसा र विक्रीदर ३६७ रुपैयाँ ३६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस