१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो



अ+ अ-

काठमाडौँ । जनेजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको छ ।

मुख्यसचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराएका हुन् ।

सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले आन्दोलनमा घाईते भएका १९१ जनाको उपचार भइरहेको पनि जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म प्रदर्शनकारीतर्फ ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मीतर्फ ३ जना हालसम्मको रेकर्डअनुसार करिब ७२ जनाले सहादत प्राप्त गर्नुभएको छ’।