२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

लिला तिवारी पौडेलले मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज जितिन्

लिला तिवारी पौडेलले मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज जितिन्
अ अ+ अ-

अष्ट्रेलिया: मिसेस नेपाल अष्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अष्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भयो। प्रतिष्ठित ताज लिला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जितिन्। ताजसँगै उनले “एलीगेन्ट वाक” उपाधि, १,००० अष्ट्रेलियन डलरको नगद पुरस्कार, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्।

पहिलो रनर–अपको उपाधि सिवानी कट्टेलले हात पारिन्, जसले “कन्फिडेन्स” (आत्मविश्वास) पुरस्कार समेत जितिन्। उनले ६०० अष्ट्रेलियन डलर नगद, ३०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। दोस्रो रनर–अप आश्मा (एश) चालिसे घोषित भइन्, जसले “ग्रेसफुल डीभा” (शालीन सुन्दरी) उपाधि जितिन्। उनलाई ४०० अष्ट्रेलियन डलर, २०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर र अन्य उपहारहरू प्रदान गरियो।

विजेता लिला तिवारी पौडेल बुटवल, नेपालकी रहिवासी हुन् र हाल मेलबर्न, भिक्टोरियाको मिकलह्याममा बसोबास गर्छिन्। उनी पेशाले नर्स हुन् र आफ्नो पेशाप्रति गहिरो रुचि राख्छिन्। पेशागत जीवन बाहेक उनी यात्रा गर्न मन पराउँछिन्।

यस प्रतियोगिताको पहिलो संस्करणमा अष्ट्रेलियामा बसोबास गर्ने चौध जना नेपाली विवाहित महिलाहरूले सहभागिता जनाएका थिए। यो मात्र सौन्दर्य प्रतियोगिता नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृति, परम्परा र प्रतिभाको उत्सव पनि थियो। प्रतियोगीहरूलाई विभिन्न उपाधिहरू मार्फत् उनीहरूको उत्कृष्टतालाई सम्मान गरिएको थियो।

आकृति सापकोटाले बोल्ड एण्ड ब्युटी, आरती सिंहले इन्टेलेक्चुअल, जमुना अधिकारी रिजालले कन्जेनियलिटी, निवा प्रजापति साहुखलले सोशल इम्प्याक्ट एण्ड एलिगेन्ट पर्सनालिटी, सन्ध्या भट्टराईले हर्ट अफ गोल्ड, जस्मिन चौलागाईं ढकालले मिसेस पोइज, अनुजा मल्ल ढकालले ट्यालेन्ट, विद्या पनेरूले डिसिप्लिन, रश्मी अधिकारीले फोटोजेनिक, दीपा खनालले बेस्ट एटिच्युड र सरस्वती श्रेष्ठले फेसनिष्टा उपाधि हासिल गरेका छन् ।

कार्यक्रमलाई नेपालका फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले मार्गदर्शन, कोरियोग्राफी साथै कार्यक्रम सञ्चालन गर्नुभएको थियो। यस प्रतियोगितालाई हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाले आयोजना गरेको हो। कार्यक्रमलाई मिरेकल माइग्रेशन एण्ड एजुकेशनले प्रस्तुत गरेको थियो भने ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेशनले पावरबाई गरेको थियो। सौन्दर्य र ग्ल्यामरसँगै यस प्रतियोगिताले विवाहित नेपाली महिलाहरूलाई नेतृत्व, संचार क्षमता र व्यक्तिगत विकासमा प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो। साथै यसले नेपालका संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने महत्वाकांक्षा बोकेको थियो।

कार्यक्रमलाई सिजन मिडियाले व्यवस्थापन गरेको थियो। निर्णायक मण्डलमा चर्चित कलाकार तथा मोडल प्रकृति श्रेष्ठ, मिस नेपाल अर्थ २०११ अनुपमा अरा गुरुङ, एथ्रीके सोलुसनका एमडी विनोद कुवर, मिरेकल माइग्रेशन एण्ड एजुकेशनका निर्देशक सागर शाही, तथा ग्रेस इन्टरनेशनलका निर्देशक प्रकाश रेग्मी समावेश थिए। कार्यक्रमलाई अझ गौरवमयी बनाउन अष्ट्रेलियामा भिक्टोरियाका लागि नेपालका मानार्थ वाणिज्यदूत निराजन गौली मुख्य अतिथिका रूपमा उपस्थित भएका थिए।

मिसेस नेपाल अष्ट्रेलिया २०२५ साँचिकै एक ऐतिहासिक उपलब्धि सावित भएको छ। यसले विवाहित नेपाली महिलाहरूको क्षमता, आत्मविश्वास र सौन्दर्यलाई मात्र होइन, उनीहरूको संस्कृति र पहिचानलाई सम्मानका साथ विश्वभर उजागर गर्ने अवसर प्रदान गर्‍यो।