१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्‌ विघटन असंवैधानिक: माओवादी केन्द्र



अ+ अ-

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर असहमति’ रहेको जनाएको छ ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शुक्रबार बेलुकी प्रेस विज्ञप्ति जारी गरी वर्तमान संसद्‌ विघटन गर्ने निर्णय मुलुकको संवैधानिक व्यवस्थाविपरीत रहेको उल्लेख गर्नुभएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पदाधिकारीको आकस्मिक बैठकले ‘वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको सवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको’ सापकोटाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।