काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय रहेको बताएका छन् ।
राष्ट्रपतिले पूर्वप्रधानन्यायाधिश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै आजै संसद विघटनको तयारी हुँदै गर्दा महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
पोखरेलले फेसबुकमा लेखेका छन्, “विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो । त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।”










