२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने कारागारबाट निस्किने बेलाको पत्र अनाधिकृत होईन: डीपी अर्याल



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको पत्र अनाधिकृत नभएको स्पष्ट पार्नुभएको छ ।

बिभिन्न संञ्चारमाध्याम तथा सामाजिक संञ्जालमा रवि लामिछाने अनाधिकृत रुपमा कारागारबाट निस्केको भन्ने टिका टिप्पणी पछि अर्यालले यस्तो स्पष्टिकरण दिनु भएको हो ।

उहाँले लेख्नु भएको छ पत्र फेक होइन, हतार र हतासमा व्यहोराहरू तलमाथि भएको हुनसक्छन्,मिति हामीले सच्याएको होइन।

अर्यालले लेख्नु भएको छ-

पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु। पत्र बुझ्ने म हुँ ,पत्र मेरो अगाडि हस्ताक्षर भएको हो। पत्र फेक होइन, हतार र हतासमा व्यहोराहरू तलमाथि भएको हुनसक्छन्,मिति हामीले सच्याएको होइन। सच्याएको मितिमा हस्ताक्षर र छाप लगाइएको छ।

यस्ता पत्रहरू कम्प्युटरमा भएकै व्यहोरामा टाइप गरिने भएको हुँदा अघिल्लो पत्रका विवरणहरू delete नभएका होलान । कुरा त्यति हो। गृहमन्त्रालय लगायतका सुरक्षा निकाय सबैसँग समन्वय गर्ने म हुँ। यसमा सभापति ज्युलाई केहि जानकारी छैन । सबैलाई साक्षी राखेर म यो कुरा गर्न सक्छु। कोही भ्रममा नपर्नुस् पार्टी सभापतिलाई जेलले निस्क भन्यो। उहाँले पत्र माग्नुभयो। हामीले समन्वय गर्यौ । यसमा उहाँको के दोष ? एक तर्फी समाचारको पछाडि लागेर धारणा बनाउन जरुरी छैन।

१० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धाञ्जली लेख्नुपर्ने पनि हुन सक्थ्यो।समयमा सभापतिज्यूलाई ननिकालिएको भए धेरै मानिसहरूको समेत क्षति हुने सम्भावना स्वयं कारागारले स्वीकारेको छ। दुनियाले देखेको छ उहाँ भाग्नुभएको होइन।हामी लगातार सुरक्षा निकायको समन्वयमा छौँ, नखु कारागारको अवस्था ठिक छैन।

त्यसैले सिडिओ लगायतका निकायहरूसँग समन्वयमा बसेर सम्पर्कमा बसेका छौँ। बोलाउनेबित्तिकै आउँछौं भनेर भनेका छौं।आज पनि पार्टी सभापति कारागार आउन निस्कनुभयो तर मैले म पहिला सिडियो र जेलरसँग समन्वय गरेर कारागारको अवस्था बुझ्छु भने । म सिडिओ कार्यालयमा जेलर साप सहित बसेको थिए। कारागारमा ठूलो क्षति भएकाले सुरक्षा चुनौती कायम छ ।

आजभोलि नै उहाँहरुले खबर पनि गर्नुहुन्छ । पार्टी सभापतिको सुरक्षा अहिले पनि मेरो लागि पहिलो प्राथमिकता हो।हामीबाट र पार्टी सभापतिबाट कुनै गल्ती कमजोरी भएको छैन।सबै संयन्त्रसँग समन्वयमा बसेको मान्छेलाई बदनाम गराउन मिल्छ ? मुलुकको अवस्था जटिल छ,त्यता ध्यान दिनुस् व्यक्तिको बदनामीमा नलाग्नुस्।




भर्खरै