१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

माओवादी नेता भन्छन् वातावरण गम्भिर भयो,सुरक्षा खतराको बहानामा जंगी अड्डाले प्रचण्डलाई बाहिर आउन दिएन

माओवादी नेता भन्छन् वातावरण गम्भिर भयो,सुरक्षा खतराको बहानामा जंगी अड्डाले प्रचण्डलाई बाहिर आउन दिएन
अ अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य माधव सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जङ्गी अड्डाले निस्कन नदिएको जानकारी गराउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै सापकोटाले वातावरण गम्भिर भएको जनाउ दिदै देशको वास्तविकता विपरित परिस्थिति गम्भीर बनेको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ-

वाताबरण गम्भिर भयो !

देशको वास्तविकता विपरित परिस्थिति गम्भीर बनेको हो । जंगी अड्डाले नेपालको वास्तविकतालाई र अग्रगमनलाई चुनौति दिई राष्ट्रिय सङ्कट निम्त्याउदै छ । अन्य पक्षको पछि नै कुरा गरौंला ।

जस्तो सुकै सङ्कटमा पनि हामी कोही विचलित नभइ नेपाली जनताको सार्वभौमिकताको रक्षाका लागि हामी निरन्तर लडिरहनेछौं । हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र आम अग्रगमनका पक्षधर नेपाली दाजुभाई दिदीबहिनीहरुमा धैर्यता र साहस कायम रहिरहोस् । हरेक चुनौतिहरु पार गर्न सकिन्छ ।

नोट : हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई हामीले हरेक दिन बाहिर जनताको बीचमा ल्याउन कोशिस गर्यौं तर सुरक्षा खतराको बहानामा जंगी अड्डाले निस्कन नदिएको सत्य हो ।

जस्तो सुकै आधीबेहरीमा पनि नेपालको परिवर्तन र अग्रगमनका पक्षमा हामी तपाईहरुको साथमा अग्रभागमा उभिनेछौं ।

लाल सलाम !